असोज ३, २०८०
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
पौराणिक ज्ञानभण्डारमा लिङ्ग महापुराणको छुट्टै स्थान छ । ‘लिङ्गमेकादशं प्रोक्तम्’ अर्थात् यसै पुराणको १।२।३ मा उल्लेख भए अनुसार १८ वटा महापुराणमा यस पुराणको स्थान ११ औंमा पर्छ ।
‘लैङ्गं तु गुल्फकम्’ अर्थात् पद्पुराण स्वर्ग खण्ड ६२।५ का अनुसार यो पुराण पुराणपुरुषोत्तम भगवान्को अंगबिग्रहमा गोलीगाँठो मानिएको छ । गीताप्रेस गोरखपुरको पुराणकथांकमा यस पुराणको २ भाग रहेको उल्लेख छ ।
यस अनुसार पहिलो भागमा १०८ र दोस्रो भागमा ५५ गरी कूल १६३ अध्याय छन् । भागवतमा व्यासजीले यस पुराणको श्लोकसंख्या ११ हजार रहेको उल्लेख गरेका छन् तर गीताप्रेसको पुराणकथांकमा भने १२ हजार उल्लेख भएको पाइन्छ ।
लिङ्गपुराण शैवपुराण हो । यसको अर्थ यसले शिवजीको मात्र गुणगान गरेको छ भन्ने होइन । प्रसङ्ग अनुसार वैदिक सनातन धर्मावलम्बीहरूले मान्ने अन्य देवीदेवताले पनि यथावसर उत्तिकै चर्चा पाएका छन् । तथापि प्रधान देवता भने शिव नै मानिएका छन् ।
शैवसिद्धान्त र शैवदर्शन प्रतिपादन गर्ने यस पुराणको पहिलो भागमा लिङ्गोद्भव प्रसङ्ग, शिवपूजा पद्धति, शिवपूजा महात्म्य, शैवसिद्धान्त, शिवका विभिन्न अवतार, शैवपीठ, शिव सहस्रनाम, शिवाद्वैत सम्बन्धी विवेचन आदि विषय रहेका छन् ।
दोस्रो भागमा पाशुपतब्रत, शिवतत्व, दानधर्म, ज्ञानविज्ञान तथा योगाचार आदि विषयलाई प्रकाशित गर्ने प्रयास भएका छन् ।
पुराणहरूका नाम कतै वक्ताको नामका आधारमा, कतै श्रोताका नामका आधारमा र कतै पुराणमा वर्णित विषयवस्तुका आधारमा राखिएका छन् । तिनमा यो पुराण विषयवस्तुका आधारमा नामकरण भएको पुराण हो । वैदिक ग्रन्थहरूले भगवान् शिवलाई निराकार र साकार गरी २ किसिमले अथ्र्याउने काम गरेका छन् । यस अनुसार निराकार स्वरूपमा उनी परब्रह्म परमात्मा मानिएका छन् ।
गुणातीत अवस्थामा रहेकाले यसको रूप, रंग केही पनि हुँदैन । साकार स्वरूप पनि २ किसिमका रहेका छन् । तिनमा एक लिङ्गरूप र अर्को मूर्तिको रूपमा रहेका छन् । तिनै मूर्तिरूपलाई अर्धनारीश्वर पनि भनिन्छ ।
यद्यपि मूर्तिरूपमा उनलाई प्रायः पार्वतीको साथमा देखाइएको हुन्छ तर त्यो प्रतीक मात्र हो, यथार्थ होइन । शिवको अर्धनारी स्वरूपलाई सजिलोसँग बुझाउनका लागि पार्वतीको साथमा देखाउने काम भएको हो । वास्तवमा उनी हुन् अर्धनारीश्वर नै । अर्धनारीश्वर भनेको आधा अंग पुरुषको र आधा अंग नारीको भन्ने हो, जसले प्रकृति र पुरुषको प्रतिनिधित्व गरेको छ । यिनै अर्धनारीश्वरले सृष्टि, स्थिति र प्रलय सम्बन्धी कार्य व्यवस्थापनका काम गरेका हुन्छन् ।
लिङ्गपुराणले यिनै कुरालाई अथ्र्याउने, बुझाउने र बताउने काम गरेको छ । यसै अर्थमा यसलाई लिङ्गपुराण भनिएको हो ।
जहाँसम्म लिङ्ग भनेको के हो भन्ने कुरा छ त्यसको अर्थ भने निकै गहन रहेको पाइन्छ । पौराणिक ग्रन्थहरूमा आकाशलाई लिङ्ग र लिङ्ग घेर्ने योनी आकारको बाटुलो घेरालाई पृथ्वी भनिएको छ । सबै देवीदेवताको आलय र विलयको आधार भएकाले लिङ्ग भनिएको हो भन्ने उल्लेख भेटिन्छ ।
आकाशं लिङ्गमित्याहु पृथिवी तस्य पीठिका ।
आलयं सर्वदेवानां लयनाल्लिङ्गमुच्यते ।
तर यसको अर्थ त्यतिमा मात्र सीमित भने छैन । यसले अखिल विश्व ब्रह्माण्ड र त्यसभित्र हुने यावत गतिविधिलाई अथ्र्याउने काम गरेको छ । बनाउने पनि लिङ्ग हो, बनेको पनि लिङ्ग हो । खाने पनि लिङ्ग हो, खाइने पनि लिङ्ग हो । कर्ता पनि लिङ्ग हो, कर्म र क्रिया पनि लिङ्ग हो । सृष्टि कर्ता पनि लिङ्ग, सृष्टि पनि लिङ्ग, सृष्टिभित्रका गतिविधि पनि लिङ्ग । खगोल पनि लिङ्ग, भूगोल पनि लिङ्ग, खगोल र भूगोलभित्रका गतिविधि पनि लिङ्ग । ब्रह्माण्डमा ग्रह, नक्षेत्र, तारा लगायत समग्र आकाशादि पिण्डहरू छिपेर रहेका हुन्छन् । ब्रह्माण्डले समय अनुसार तिनलाई प्रकट गर्छ । त्यसैले ब्रह्माण्ड पनि लिङ्ग हो ।
हरेक वृक्षभित्र बीज पहिले नै रहेको हुन्छ । यद्यपि सतही रूपमा हेर्दा वृक्षभित्र बीज देखिँदैन तर समय आएपछि उसले आफूभित्रबाट बीज निकाल्ने काम गर्छ । त्यसैले वृक्ष पनि लिङ्ग हो । त्यसैगरी बीजभित्र वृक्षको अस्तित्व पनि रहेकै हुन्छ । यद्यपि यहाँ पनि बीजलाई फोरेर हेर्दा वृक्ष देखिँदैन । यसको अर्थ उसको भित्र वृक्ष छैन भन्ने होइन । वृक्ष, उसका हाँगा, लहरा, पात, फल, फूल सबै रहेकै हुन्छन् र समय आएपछि आफैं प्रकट हुन्छन् । त्यसैले बीज पनि लिङ्ग नै हो ।
ग्रह, नक्षेत्र आदि विशाल पिण्डदेखि सूक्ष्म परमाणुसम्ममा गणितको सूत्र अन्तरनिहित हुन्छ तर यसलाई हिसाब गरेर देखाउन कुनै चेतन तत्वको आवश्यकता पर्छ । यहाँ हिसाब गरेर देखाउने काम जुन चेतन तत्वले गरेको हुन्छ त्यो पनि लिङ्ग नै हो ।
पाणिनीय व्याकरणका नियम अनुसार गत्यर्थक र चित्रीकरणार्थक धातुबाट लिङ्ग शब्द बन्छ । यस अनुसार जसले यस विचित्र संसार रचना गरी उसलाई चेतन र गतिशील बनाउने काम गर्छन् र जो सोही संसारमा सदा अनुस्यूत भएर रहेका हुन्छन्, तिनै परब्रह्म स्वरूप परमात्मा नै लिङ्ग हो । ब्रह्माण्ड भनेकै लिङ्ग र लिङ्गीको समन्वय हो । व्यष्टिरूपमा भन्नुपर्दा हामी ब्रह्माण्डलाई लिङ्ग र त्यसलाई सञ्चालन गर्ने चेतन तत्वलाई लिङ्गी भन्न सक्छौं । अर्थात् लिङ्ग ब्रह्माण्ड, लिङ्गी ब्रह्म तर समष्टिरूपमा भन्नुपर्दा लिङ्गी र लिङ्ग अर्थात् ब्रह्म र ब्रह्माण्ड एउटै हुन् ।
यसलाई एउटा रुख र उसमा फल्ने फलसित तुलना गर्न सकिन्छ । जस्तो आँपको बोटमा फल्ने आँप नै हुन्छ । अम्बाको बोटले फलाउने पनि अम्बा नै हुन्छ । मान्छेले जन्माउने मान्छे नै हुन्छ घोडाले जन्माउने घोडा नै र हात्तीले जन्माउने हात्ती नै हुन्छ । ब्रह्म र ब्रह्माण्ड पनि त्यस्तै हो । ब्रह्माण्डको उत्पत्ति ब्रह्मबाट हुन्छ । त्यसैले ब्रह्माण्ड पनि ब्रह्म नै हो र छोराछोरीको शरीरमा बुवाआमाको अंश पनि रहे जस्तै ब्रह्माण्डभित्र ब्रह्म पनि रहेकै हुन्छन् । त्यसैले यी सबै ब्रह्म नै हुन्, जसलाई लिङ्ग शब्दले सम्बोधन गरेको छ, हुन्छ ।
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...