
काठमाडौं, २ असार - रुपन्देहीका एक विद्यार्थीले एसईई परीक्षामा आफू नेपाल प्रथम भएको दावी गरेका छन् ।
रुपन्देहीको सैनामैना ८ मा रहेको रामापुर रिभाइवल स्कूलका आदर्श पाण्डेयले ग्रेड प्वाइन्ट एभरेज ४ ल्याएर नेपाल प्रथम भएको दावी गरेका हुन् ।
अहिलेसम्मको नतिजामा आफ्नो मात्रै ४ ग्रेड आएको उनले बताएका छन् ।
परीक्षा नियन्त्रण कार्यालयबाट आज प्रकाशित २०७३ मा सञ्चालित एसइइको नतिजा अनुसार उनी नेपाल प्रथम भएको विद्यालयका प्राचार्य कृष्ण शर्माले गरेका छन् ।
२०५७ माघ १८ मा जन्मिउका उनको सिम्बोल नम्बर ०४८९९५३ आइ हो ।
यद्यपी एसईईमा नेपाल प्रथम हुने प्रचलन हटाइएको छ ।
तस्वीर सौजन्य : nagarikaawaj.com
