×
Bajaj Top
Khukuri
FONEPAY

संखुवासभा हत्याकाण्डमा थप ४ जना पक्राउ

संखुवासभा | असोज ४, २०७८

NTC
फाइल फोटो
TVS INSIDE

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आरोपमा थप ४ जना पक्राउ परेका छन् ।

Sanima Bank
morang Auto yamaha

प्रहरीले ४६ वर्षीय खड्गबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीलाई पक्राउ गरेको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

पक्राउ गरिएका चारै जनालाई सोमवार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।

गत भदौ २१ गते उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया पत्नी कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी ७ वर्षीया गोमाको हत्या भएको थियो ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

एकै परिवारका ६ जनाको हत्यामा संलग्न स्थानीय लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ । मृतक रञ्जनाको हराएको मोबाइल गत शुक्रवार फेला पारेपछि प्रहरीको अनुसन्धान टोली पुनः घटनास्थल पुगेको छ ।

घटनाबारे थप अनुसन्धान गर्ने शुक्रवार संघीय इकाई प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरीसहित ६ जनाको टोली घटनास्थल खोलागाउँ पुगेको छ । लोकबहादुरको बयानका आधारमा ४ जनालाई पक्राउ गरिएको सुवेदीले बताए ।

पक्राउ परेका चारै जना मृतक तेजबहादुरका छिमेकी हुन् । 
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ २, २०७८

प्रहरीले सिरहाको गोलबजार नगरपालिका–६ डोहटियाबाट हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २७ वर्षीय पङ्कजकुमार महतो रहेको प्रहरीले जनाएको छ ।  आफ्नै घरमा हतियार लुकाइछिपाइ ...

माघ ३, २०७८

९ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरू आदर्शकोतवाल गाउँपालिका-८ टोल कोतवालीका २० वर्षीय सन्तोष साह कानु र सोही ठाउँका ४० वर्षीया...

माघ २, २०७८

नेपाली सेनाले मुस्ताङमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।  थासाङ गाउँपालिका-३, लेतेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन गरिएको हो ।  शिविरमा ३३८ सर्वसाधारणले स्वास्थ्य सेवा लिएको सेनाले ...

माघ ४, २०७८

विदेशबाट आएका व्यक्तिलाई बीच बाटैबाट अपहरण गरी बन्धक बनाएको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–८ जरंखुका ३२ वर्षीय सञ्जोग राई, सोही ठाउँका ...

माघ ५, २०७८

लुटेरा समूहलाई नियन्त्रणमा लिन पुगेको प्रहरीमाथि आक्रमण गर्ने समूहलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।  धनुषाको बटेश्वर गाउँपालिका–४ स्थित राम्रो चोकमा लुटपाट भइरहेको सूचनाको आधारमा पुगेको प्रहरी...

माघ ५, २०७८

प्रहरीमा एकैपटक १८ हजार कर्मचारी बढुवा हुने भएका छन् । प्रहरी नियमावली-२०७१ को ९ औं संशोधनपछि पुस ३ गते राजपत्रमा प्रकाशित भएसँगै १८ हजार प्रहरी कर्मचारी बढुवा हुने भएका हुन् ।  ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...