०४ असार २०८३, बिहीबार

सेनाकी थापा दोस्रो राउन्डमा पुग्न सफल

सेनाकी थापा दोस्रो राउन्डमा पुग्न सफल

रसियाको मस्कोमा जारी विश्व मिलिटरी बक्सिङ च्याम्पियनसिपमा सेनाकी चन्द्रकला थापा दोस्रो राउन्डमा पुग्न सफल भएकी छन् । प्रतियोगिताको महिलातर्फ ५७ के.जी. तौल समूहको खेलमा त्रिभुवन आर्मी क्लबकी उनले जिम्बावेकी जुलियाना कासोन्कालाई पराजित गर्दै दोश्रो राउन्डमा पुग्न सफल भएकी हुन् ।

सोही प्रतियोगिता अन्तर्गत महिलातर्फको ५१ के.जी. तौल समूहको खेलमा त्रिभुवन आर्मी क्लबकी मिनु गुरुङ्ग भने उज्वेकिस्तानकी योकुवोभा अजिजसँग पराजित भएकी छिन् । यसैगरी ६० के.जी. तौल समूहको खेलमा पुनम रावल रसियाकी एसाट्रेन निउनसँग पराजित भएको सेनाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्