२९ जेठ २०८३, शुक्रबार

यसरी आगलागी हुन पुग्यो गोकर्णेश्वरको गाई फार्ममा

कात्तिक २०, २०७४
यसरी  आगलागी हुन  पुग्यो गोकर्णेश्वरको गाई फार्ममा
काठमाडौँ, ४ असार- गोकर्णेश्वर नगरपालिका–१ बिपी चोकस्थित गाई फार्ममा आगलागी हुँदा ४६ गाई जलेर मरेका छन् । २४ गाईको अवस्था गम्भीर छ । स्थानीय बाबुराम कार्कीले सञ्चालन गरेको ओम कृषि फार्ममा शनिबार बिहान ११ बजे आगो लागेको हो । फार्ममा एक सय २२ गाई थिए ।cow-625x405

गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले गाईका लागि बनाइएको टहरो वेल्डिङ गर्ने क्रममा आगो लगेको बताए, नयाँ पत्रिकामा खबर छ । ‘फार्ममा थप अर्को टहरो थपिँदै रहेछ । त्यसैका लागि वेल्डिङ गर्ने काम चलिरहेको रहेछ । सो क्रममा टहरामा छाएको प्लास्टिकमा आगो सल्किएछ,’ उनले भने, ‘बाँसको छानो र प्लास्टिकमा आगो दन्किएपछि छानो गाईमाथि खसेछ । त्यसो हुँदा क्षति धेरै हुन पुगेको देखिन्छ ।’

आगलागीपछि निरीक्षणमा पुगेका मेयर चालिसेले आगो दन्किएको छानो बाँधिएको गाई माथि खस्दा सातवटा बाहेक अन्य गाईको दाम्लो काट्न नभ्याइएको बताए । ‘एक्कासि आगो दन्किएको देखियो । बाँसका छाना गाईमाथि झ्वाम्मै झरे । प्लास्टिक गाईको शरीरमा टाँसिएर दन्किन थाले । गोठालाले हतारहतार सातवटा गाईको मात्रै दाम्लो काट्न भ्यायो । यस क्रममा ४६ वटा गाई मरिसकेछन् । २४ वटा गाई गम्भीर घाइते छन्,’ उनले भने ।

मेयर चालिसेले घाइते गाईको उपचार गर्न एम्बुलेन्स र आवश्यक चिकित्सक खटाइएको बताए । मरेका गाई खाल्डो खनी तत्काल गाड्न निर्देशन दिइसकिएको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्