३१ असार २०८३, बुधबार

कांग्रेसले हेरफेर गर्‍यो महाधिवेशन कार्यतालिका, दशैंअघि पालिका अधिवेशन मात्रै

कांग्रेसले हेरफेर गर्‍यो महाधिवेशन कार्यतालिका, दशैंअघि पालिका अधिवेशन मात्रै
फाइल फोटो

नेपाली कांग्रेसले स्थानीय तह र क्षेत्रीय अधिवेशनको कार्यतालिका परिमार्जन गरेको छ । 

बुधवार सिंहदरबारमा बसेको पदाधिकारी बैठकले दशैंअघि पालिका अधिवेशन गर्ने र बाँकी अधिवेशन दशैंपछि गर्ने निर्णय गरेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । 

यसअघिको कार्यतालिकामा असोज ९ गते पालिका अधिवेशन गर्ने व्यवस्था गरिएको थियो ।

कांग्रेसले प्रदेश र जिल्ला अधिवेशन पनि अब दशैंपछि गर्ने निर्णय गरेको छ । यसअघिको कार्यतालिकामा असोज १२ गते प्रदेश निर्वाचन क्षेत्र र १५ गते जिल्ला अधिवेशन गर्ने उल्लेख थियो ।

कांग्रेसले महाधिवेशन कार्यतालिकामा हेरफेर गरेपछि प्रदेश अधिवेशन पनि सर्ने भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्