१८ लाख ७५ हजार नगदसहित जुवाको खालबाट १३ जना पक्राउ

नेपाल प्रहरीले १८ लाख ७५ हजार ५०० नगदसहित १३ जुवाडेलाई पक्राउ गरेको छ । 


Advertisement

महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले कागेश्वरी मनोहरा नगरपालिका–७ हरमहादेवस्थित कमल दाहालको घरमा जुवा खेलिरहेको अवस्थामा बिहीवार बिहान १३ जनालाई पक्राउ गरेको हो । 


Advertisement

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले पैसाको ठूलो हारजित हुनेगरी जुवा खेलिरहेका १३ जनालाई ७ बूक ताससहित नियन्त्रणमा लिएको जानकारी दिए ।

पक्राउ व्यक्तिसँग प्रहरीले नगद, ७ बूक तास र विभिन्न कलरका क्वाइन बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


Advertisement

कमेन्ट गर्नुहोस्