कात्तिक २०, २०८०
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
असोज १२, २०७८
गत भदौ ३१ गते काठमाडौं आउने तथा बाहिरिने सवारी साधनहरू लामो जाममा फसे ।
अघिल्ला दिन काठमाडौंका लागि यात्रा तय गरेका यात्रीहरूले काठमाडौं आउन निकै सकस पर्यो ।
कारण थियो ठाउँ–ठाउँको पहिरो र बिग्रिएको सडक ।
सबैतिरको पहिरो छिचोल्दै काठमाडौं आइपुग्न लागेका यात्रीहरूलाई नौबीसेबाट नागढुंगा आइपुग्न निकै लामो प्रतीक्षा गर्नुपर्यो ।
नौबिसे र नागढुंगाको बीचमा सडक बिग्रिएको र रोडमै ठूलो मालबाहक ट्रक बिग्रिएपछि यात्रुहरू जाममा फसेका थिए ।
यति मात्र नभएर निर्माणाधीन सुरुङ मार्ग आसपासमा भएको हिलाम्मे सडकले पनि यात्रुहरूलाई सास्ती दियो । यो प्रतिनिधि घटना मात्रै हो ।
यस वर्ष पनि विगतमा जस्तै बाढी तथा पहिरोका कारण राष्ट्रिय राजमार्ग तथा अन्य सडकहरू बिग्रिएका छन् ।
कतै सडकमा ठूल्ठूला खाल्डाखुल्डी छन् भने कतै हिलैहिलो । दशैं नजिकिँदै गर्दा समेत वर्षा नरोकिँदा यात्रुहरूलाई थप सास्ती हुने देखिएको छ ।
सडक समयमै मर्मत हुन नसक्दा यात्रुहरूलाई सास्ती हुने भएको हो ।
निर्माण कार्यमा ठेकेदारको ढिलासुस्तीका कारण कतिपय सडक आयोजनाहरू अलपत्र छन् । कतिपय सडक भने विभिन्न समयमा आएको बाढी तथा पहिरोका कारण बिग्रिएका छन् ।
दशैंमा यात्रुलाई सास्ती ?
पछिल्लो समय मुलुकका विभिन्न ठाउँका सडकहरू आंशिक तथा पूर्ण रुपमा बिग्रिएका छन् ।
कतिपय सडकहरू निर्माणको क्रममा रहेको भएपनि कतिपय निर्माण समयमै हुन नसक्दा अलपत्र छन् ।
काठमाडौंको चाबहिल–जोरपाटी सडकखण्ड, सातदोबाटो गोदावरी सडकखण्ड लगायत थुप्रै सडकहरू अस्तव्यस्त छन् ।
यस्तै उपत्यकाबाहिर पनि विभिन्न सडक खण्डहरू बिग्रिएका छन् ।
बल्खु–कुलेखानी सडकखण्ड, नागढुंगा–गल्छी सडक खण्डको बीच भाग, गल्छी –विदुर सडक खण्ड लगायतका सडकमा खाल्डाखुल्डी धेरै छ ।
यसबीचमा प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले दशैँलाई मध्यनजर गर्दै वर्षाका कारण क्षति भएका सडकहरूको निर्माण तत्काल गर्न सरकारलाई निर्देशन समेत दिइसकेको छ ।
वर्षाका कारण क्षति भएका सडकहरूको निर्माणको कामलाई तत्काल सम्पन्न गर्न समितिले गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको थियो ।
कामचलाउ टालटुल पार्दै डिभिजन कार्यालय
दशैं नजिकिँदै गर्दा अहिले विभिन्न जिल्लामा छरिएर रहेका सडक डिभिजन कार्यालयहरूको ध्यान सडक टालटुल पार्नेमा छ ।
यद्यपि मौसममा सुधार नभएकाले टालटुल पारेर गाडी चलाउन पनि समस्या भइरहेको डिभिजन कार्यालयहरूले जनाएका छन् ।
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी अशोक यादवले आफू मातहतमा रहेका सडकहरू मर्मतको काम भइरहेको जानकारी दिए ।
उनका अनुसार अहिले काम चलाउ हिसाबले सडक टालटुल पार्ने काम भइरहेको छ ।
अहिले कालोपत्रे भइसकेको सडकमा खाल्डाखुल्डी नभएको भन्दै कतिपय खाल्डाखुल्डी रहेको ठाउँमा दशैंअगाडि नै टालटुल पार्ने उनले बताए ।
सुन्दरीजल, साँखुलगायतका सडक तथा अहिले कतिपय ठाउँमा काम भइरहेको समेत सूचना अधिकारी यादवले जानकारी दिए ।
‘मानिसलाई दुःख नहुनेगरी सडक बनिरहेको छ, पिचजस्तै चिल्लो त हैन, सहज बनाउने प्रयासमा छौँ,’ उनले भने ।
सडक डिभिजन कार्यालय नुवाकोटले नुवाकोट आउने/जाने यात्रुहरूलाई सहज बनाउन भन्दै खाल्डाखुल्डी टाल्ने काम गर्न लागेको जनाएको छ ।
नुवाकोटको छहरेदेखि गुर्जुसम्मको सडकमा खाल्डाखुल्डी धेरै रहेको र त्यसलाई अहिले कामचलाउ हुनेगरी टाल्ने काम भइरहेको छ,’ सडक डिभिजन कार्यालय नुवाकोटका सूचना अधिकारी द्रुणप्रसाद फुँयालले लोकान्तरसँग भने ।
मालबाहक ठूला सवारीसाधनहरूका कारण सडक बिग्रिएको भन्दै उनले दशैंसम्ममा ती सडकहरूको सामान्य मर्मत भइसक्ने दाबी गरे ।
उनले भने, ‘दशैंमा यात्रुहरूको सुविधाका लागि हामीले टालटुल मात्रै भएपनि गर्ने निर्णय गरेका छौँ ।’
यस्तै धादिङको गल्छीदेखि नुवाकोटको देवीघाटसम्मको सडकखण्डमा पनि बीच भागमा यात्रुहरूलाई सास्ती छ ।
निर्माणाधीन सडकका विभिन्न क्षेत्रमा हिलाम्मे भएपनि दशैंमा त्यसलाई केही कम गर्न हुन सक्ने सूचना अधिकारी फुँयालले बताए ।
यस्तै बुटवल नारायणगढ सडकखण्डमा पनि दशैँलक्षित सडक मर्मतको काम भइरहेको छ ।
नारायणगढ–बुटवल सडक आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले अहिले ठेकेदार कम्पनीले सडक मर्मत गरिरहेको लोकान्तरलाई जानकारी दिए ।
विगतमा नै मर्मत गर्नुपर्ने सडक ठेकेदार कम्पनीले मर्मत नगर्दा अलपत्र परेको थियो ।
अहिले भने उसले काम गरिरहेको र दशैँअगाडि नै मर्मत सक्ने लक्ष्य राखिएको सूचना अधिकारी आचार्यको भनाइ छ ।
सडक विभाग भन्छ: पानी परिरहेकाले काम गर्नै समस्या भयो
दशैँलक्षित सडक मर्मतका लागि प्रतिनिधि सभा अन्तर्गतको विकास समितिले पनि निर्देशन दिइसकेको छ ।
यद्यपि सडक विभागले भने अहिले मनसुन निस्क्रिय नभइसकेका कारण सडक मर्मतमा समस्या आएको बताउँदै आएको छ ।
सडक मर्मतका लागि सबै तयारी भइरहे पनि वर्षा नरोकिएकाले समस्या भएको विभागका प्रवक्ता शिवप्रसाद नेपाल बताउँछन् ।
उनका अनुसार, अहिले सबै सडक डिभिजन कार्यालयहरूले मर्मतको काम शुरू गर्न लागेका छन् । तर वर्षा नरोकिएकाले काम अगाडि बढाउन सकिएको छैन ।
विभागका प्रवक्ता नेपालले भने, ‘हामीलाई यसपटक प्रेसर छ । सडक बढी बिग्रिएको छ । एकदिन पानी पर्यो भने मर्मत रोकिन्छ । तर पनि सबै डिभिजन तथा कार्यालयहरूले मर्मतको काम शुरू गरिरहेका छन् ।’
उनले चन्द्रनिगाहापुर, पथलैया, नेपालगञ्ज, बुटवललगायत देशका विभिन्न ठाउँमा सडक मर्मतका लागि काम भइरहे पनि वर्षा नरोकिएकाले समस्या भएको बताए ।
विभागले दशैंमा करीब ८० प्रतिशतभन्दा बढी राजमार्ग खाल्डाखुल्डीरहित बनाउने लक्ष्य राखेको थियो । यद्यपि सो लक्ष्य पूरा हुनेमा शंका छ ।
विभागका प्रवक्ता नेपाल भन्छन्, ‘यस वर्ष निरन्तर वर्षा भइरहेको छ, र दशैँ पनि आइसकेको छ, त्यसैले लक्ष्यअनुरूप काम हुन्छ भन्नेमा भने शंका नै रह्यो ।’
यद्यपि चाडपर्वमा यात्रुहरूको सहजताका लागि सडक टालटुल पार्ने काम जसरी नि टुंगाउने प्रयास भइरहेको उनको भनाइ छ ।
सडक विभागका अनुसार अहिले करीब १० वटा राष्ट्रिय राजमार्गका विभिन्न क्षेत्र पूर्ण रूपमा अवरुद्ध रहेका छन् ।
कतिपय मर्मत भइरहेको र कतिपय सडकको विकल्प खोजिरहेको विभागले जनाएको छ ।
यद्यपि ती सडकहरू अहिले नै सञ्चालनमा ल्याउन नसकिने देखिन्छ ।
गत असार १ गतेदेखि परेको अविरल वर्षाका कारण विभिन्न सडकहरू क्षतिग्रस्त बनेको थियो ।
टालटुलका लागि पौने २ अर्ब बजेट !
सडक टालटुलका लागि अहिले बजेट पर्याप्त रहेको विभागले जनाएको छ ।
सडक विभागलाई सडक बोर्डले मर्मतका लागि करिब १ अर्ब ७५ करोड रुपैयाँ बजेट दिएको छ । डिभिजन कार्यालयहरूलाई एक आर्थिक वर्षका लागि सो बजेट दिइएको हो ।
जुन बजेटले काम गर्नका लागि अहिले पर्याप्त रहेको सडक विभागका प्रवक्ता नेपाल बताउँछन् ।
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...