२२ असार २०८३, सोमबार

एनसीबीको बयानका क्रममा रोएको रोयै गरे शाहरुख खानका छोरा

असोज १८, २०७८
एनसीबीको बयानका क्रममा रोएको रोयै गरे शाहरुख खानका छोरा

बलिउडका सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानलाई क्रुज जहाजमा भएको लागूपदार्थ सहितको पार्टीमा आइतवार पक्राउ गरी बयान लिइएको छ । 

लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी) ले उनीसँग सोधपुछ गरिरहेको छ र केरकारका क्रममा आर्यन खान रोएका छन् । 

यसैबीच शाहरुखले आफ्नो छोरा आर्यनसँग फोनमा कुरा गरेको एनसीबी स्रोतहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले खबर दिएका छन् । आर्यन पक्राउ परेपछि कानूनी प्रक्रिया अन्तर्गत रही एनसीबीले आफ्नो ल्यान्डलाइनन फोनबाट आर्यनलाई शाहरुखसँग कुरा गर्न दिएको हो । 

आर्यनले लगभग चार वर्षदेखि लागूपदार्थ लिन थालेको सोधपुछको क्रममा खुलेको छ । उसले भारतबाहिर बेलायत र यूएईमा समेत ड्रग्स लिएको पाइएको छ । 

गोप्य सूचना पाएपछि एनसीबीले क्रुजमा छापा मार्दा १३ ग्राम कोकेन, पाँच ग्राम एमडी, २१ ग्राम चरेस, एमडीएमएका २२ वटा चक्का र १.३३ लाख भारु जफत गरेको छ ।

एनसीबीले आर्यन खान र अरबाज मर्चेन्ट समेत यस मुद्दाका अन्य आरोपितहरूको फोन जफत गरेर सबै मेसेज हरेको थियो । आर्यन लागूपदार्थका आपूर्तिकर्ता र दलालहरूको सम्पर्कमा रहेको त्यसबाट खुलासा भएको छ । त्यही प्रमाणका आधारमा एनसीबीले आर्यन र अरबाजलाई सँगै राखेर कडा सोधपुछ गरिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्