×

NMB BANK
NIC ASIA

एनसीबीको बयानका क्रममा रोएको रोयै गरे शाहरुख खानका छोरा

असोज १८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउडका सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानलाई क्रुज जहाजमा भएको लागूपदार्थ सहितको पार्टीमा आइतवार पक्राउ गरी बयान लिइएको छ । 

Muktinath Bank

लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी) ले उनीसँग सोधपुछ गरिरहेको छ र केरकारका क्रममा आर्यन खान रोएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच शाहरुखले आफ्नो छोरा आर्यनसँग फोनमा कुरा गरेको एनसीबी स्रोतहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले खबर दिएका छन् । आर्यन पक्राउ परेपछि कानूनी प्रक्रिया अन्तर्गत रही एनसीबीले आफ्नो ल्यान्डलाइनन फोनबाट आर्यनलाई शाहरुखसँग कुरा गर्न दिएको हो । 


Advertisment
Nabil box
Kumari

आर्यनले लगभग चार वर्षदेखि लागूपदार्थ लिन थालेको सोधपुछको क्रममा खुलेको छ । उसले भारतबाहिर बेलायत र यूएईमा समेत ड्रग्स लिएको पाइएको छ । 

Vianet communication
Laxmi Bank

गोप्य सूचना पाएपछि एनसीबीले क्रुजमा छापा मार्दा १३ ग्राम कोकेन, पाँच ग्राम एमडी, २१ ग्राम चरेस, एमडीएमएका २२ वटा चक्का र १.३३ लाख भारु जफत गरेको छ ।

एनसीबीले आर्यन खान र अरबाज मर्चेन्ट समेत यस मुद्दाका अन्य आरोपितहरूको फोन जफत गरेर सबै मेसेज हरेको थियो । आर्यन लागूपदार्थका आपूर्तिकर्ता र दलालहरूको सम्पर्कमा रहेको त्यसबाट खुलासा भएको छ । त्यही प्रमाणका आधारमा एनसीबीले आर्यन र अरबाजलाई सँगै राखेर कडा सोधपुछ गरिरहेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x