
नेकपा (एकीकृत) समाजवादीले मन्त्रीहरूको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ ।
बानेश्वरस्थित एक पार्टी प्यालेसमा बिहीवार बसेको स्थायी कमिटी बैठकले मन्त्री छान्ने जिम्मा अध्यक्ष नेपाललाई दिने निर्णय गरेको एक नेताले जानकारी दिए ।
बैठकमा अध्यक्ष नेपालले केही कुरा मिल्न बाँकी रहेको र फेरि बस्ने सत्ता गठबन्धनको बैठकपछि मन्त्रिपरिषद् बिस्तार हुने बताएका थिए ।
स्थायी कमिटी बैठकलगत्तै अध्यक्ष नेपाल सत्ता गठबन्धनको बैठकका लागि बालुवाटारतर्फ लागेका छन् ।
मन्त्रालय भागबण्डाका विषयमा एकीकृत समाजवादीमा केही असन्तुष्टि देखिएको छ । नेता नेपालले सो विषय गठबन्धनको बैठकमा राख्ने तयारी गरेका छन् ।
एकीकृत समाजवादीको भागमा ४ मन्त्री र १ राज्यमन्त्री परेका छन् । आकांक्षी धेरै भएकाले मन्त्री छान्न सकस परेको छ ।