२८ असार २०८३, आइतबार

भारतमा नयाँ सङ्क्रमितमध्ये केरलाका मात्रै ५६ प्रतिशत

असोज २१, २०७८
भारतमा नयाँ सङ्क्रमितमध्ये केरलाका मात्रै ५६ प्रतिशत

भारतमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमितहरुमध्ये ५६ प्रतिशत केरला प्रदेशमा मात्रै भएको पाइएको छ ।     पछिल्लो समयमा औसतमा दैनिक २० हजार नयाँ सङ्क्रमित हुने गरेकोमा झन्डै १० हजारभन्दा बढी केरलाका मात्रै भएको पाइएको हो ।

    केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार पछिल्लो हप्ताको विवरण सार्वजनिक गर्ने क्रममा यस्तो देखिएको समाचारमा जनाइएको छ ।    मन्त्रालयका उपसचिव लभ अग्रवालले पछिल्लो २४ घण्टामा भने भारतमा २२ हजार ४३१ जना नयाँ सङ्क्रमित थपिएको जानकारी दिए ।

    उहाँका अनुसार भारतमा पछिल्लो एक दिनमा कोरोनभाइरसबाट सङ्क्रमित भएर ३१८ जनाको मृत्यु भएको छ ।      तीमध्ये केरलामा मात्रै १२ हजार ६१६ जना सङ्क्रमित भएका छन् भने १३४ जनाको मृत्यु भएको छ ।

    भारतमा अहिले पनि दुई लाख ४४ हजार १९८ जना सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयले जानकारी दिएको छ ।      पछिल्लो एक दिनमा २४ हजार ६०२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कूल सङ्ख्या तीन करोड ३२ लाख २५८ पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्