२८ जेठ २०८३, बिहीबार

अमेरिकामा फूटबल खेलका क्रममा गोलीकाण्ड, खेलाडीको भागाभाग (भिडियो)

असोज ३१, २०७८
अमेरिकामा फूटबल खेलका क्रममा गोलीकाण्ड, खेलाडीको भागाभाग (भिडियो)

अमेरिकाको अलाबाामा फूटबल खेल खेलिँदै गर्दा गोलीकाण्ड भएको छ । 

शुक्रवार राति एक हाईस्कूल फूटबल म्याचमा अन्धाधुन्ध गोली चलाइएको हो । त्यसक्रममा चारजना घाइते भए ।

मैदानमा खेलाडीहरू भागाभाग गरेको भिडियो भाइरल बनिरहेको छ । 

स्थानीय प्रहरीका अनुसार, घाइतेमध्ये दुईजना नाबालक छन् । घाइतेमध्ये एकजनाको स्वास्थ्य गम्भीर छ ।

फूटबल विलियमसन हाईस्कूद र भायगर हाईस्कूलबीच भइरहेको थियो । स्टेडियमको वेस्ट र्‍याम्पमा गोली चलेको थियो । 

प्रहरीका अनुसार, लगभग सातवटा शट प्रहार गरिएका थिए । तीमध्ये चारको शेल बरामद गरिएको छ ।

अहिलेसम्म एउटा शूटरमाथि शंका गरिँदैछ तर धेरैजना यसमा संलग्न हुन सक्छन् । 

गोलीको आवाज सुनेपछि खेलाडीहरू मैदानमा घोप्टो परेका थिए । सुरक्षाकर्मीहरूले खेलाडी र दर्शकलाई सुरक्षित रूपमा मैदानबाहिर निकालेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्