२१ जेठ २०८३, बिहीबार

पत्नीमाथि टुनामुना गरेर गर्भ तुहाएको भन्दै भाउजूको हत्या गर्ने पक्राउ

असोज ३१, २०७८
पत्नीमाथि टुनामुना गरेर गर्भ तुहाएको भन्दै भाउजूको हत्या गर्ने पक्राउ
प्रतिकात्मक तस्वीर

महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–३ मडै गाउँमा आफ्नी पत्नीलाई टुनामुना गरेर गर्भ तुहाइदिएको भन्दै भाउजूको हत्या गरेको आरोपमा १ युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय ४२ वर्षीय सञ्जयकुमार झा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले आइतवार पत्रकार सम्मेलन गर्दै बताए ।

सञ्जयले भाउजू ६० वर्षीया शिलादेवी झाले आफ्नी पत्नी रिंकुदेवी झालाई डेढ महिनाअघि टुनामुना गरेर केरा खान दिएको र केरा खाएपछि आफ्नी पत्नीको गर्भ तुहिएको भन्दै बडादशैं चलिरहेकै बेला गत बिहीवार बिहान ३ बजेको समयमा भाउजू शिला सुतिरहेको अवस्थामा हथौडा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । 

भाउजूको ओछ्यानमै गएर ३ हथौडा प्रहार गरी टाउको छियाछिया पारेर हत्या गरी साइकलमा जनकपुर भागेका युवकलाई जिप्रका महोत्तरीले पक्राउ गरी आइतवार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । प्रहरीले उनीमाथि कर्तव्य ज्यान मुद्दा चलाएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्