
भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय कांग्रेस अध्यक्ष सोनिया गान्धीसँग बिदाइ भेट गरेका छन् । भेटमा नेपाल–भारत सम्बन्ध, दुई देशबीचको ऐतिहासिक मित्रताका विषयमा छलफल भएको थियो ।
नेपाल सरकारले राजदूत निलाम्बर आचार्यलाई फिर्ता बोलाउने निर्णय गरेको छ । केही दिनमा आचार्य नेपाल फर्कंदैछन् ।