
विश्वका प्रमुख प्रभावशाली राष्ट्रहरूको शिखर सम्मेलनका लागि रुसी राष्ट्रपति सम्मेलनस्थलमा उपस्थित नहुने भएका छन् ।
राष्ट्रपति भ्लादिमिर पुटिनले सम्मेलन स्थलमा नजाने निर्णय गरिसकेको राष्ट्रपतिको कार्यालय क्रेमलिनले मङ्गलबार जानकारी दिएको छ ।
कोरोनाभाइरसको महामारीका कारण सम्मेलनमा भौतिक रूपमा उपस्थित हुन नसक्ने राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
स्थलगत उपस्थितिको सट्टामा राष्ट्रपति पुटिनले अनलाइनबाट नै सम्मेलनमा सहभागिता जनाउने भएको वक्तव्यमा जनाइएको छ ।
बहुचर्चित जी–२०को शिखर सम्मेलन यही अक्टोबर ३० र ३१ मा इटलीको राजधानी रोममा हुने तय भएको छ ।