०८ असार २०८३, सोमबार

वर्षाले डुबायो धान, बीउ जोगाउनै समस्या

कात्तिक ४, २०७८
वर्षाले डुबायो धान, बीउ जोगाउनै समस्या

नेपाल कृषि अनुसन्धान परिषद्ले स्रोत बीउका लागि देशभर करिब ५२ बिघामा धानबाली लगाएको थियो। बीउ तथा अनुसन्धानका लागि करिब १० हजारभन्दा बढी जातका धान रोपिएको थियो।

नेपाल कृषि अनुसन्धान परिषद्का राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा. भानु पोखरेल अहिलेको स्रोत बीउ नै  डुबेपछि अर्को पटकलाई धेरै समस्या हुने बताउँछन्।

‘हावा चलेर धान ढल्यो। पानीले पाकेको धान डुबाएको छ। अब आउने सिजनलाई बीउ जोगाउनै समस्या परेको छ,’ उनले भने, ‘ढिलो पाक्ने धानको बीउलाई भन्दा छिटो पाक्ने धानको बीउ जोगाउनै मुस्किल भएको छ। कुबेलाको वर्षाले धेरै क्षति पुर्‍यायो।’  

अनुसन्धान परिषद्ले निजी कम्पनी, फार्म, ठूला कृषक समूहलाई बीउ दिएपछि उन्नत बीउ उत्पादन गर्ने गरेकोमा आगामी वर्ष धेरै समस्या देखिने उनको भनाइ छ। अन्नपूर्ण पोस्ट दैनिकमा ममता थापाले खबर लेखेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्