२२ असार २०८३, सोमबार

शेयर बजारमा १४.७० अंकको गिरावट, कारोबार रकम पनि घट्यो

कात्तिक ४, २०७८
शेयर बजारमा १४.७० अंकको गिरावट, कारोबार रकम पनि घट्यो

सातामा अन्तिम कारोबारको दिन बिहीबार शेयर बजारमा १४.७० अंकको गिरावट आएको छ ।

यस दिन नेप्से परिसूचक १४.७० अंकले घटेर २५५६.९५ अंकमा झरेको छ ।

बिहीवार ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स ०.६५ अंकले घटेर ४८३.३९ बिन्दुमा झरेको छ ।

बिहीवार २१६ कम्पनीका ६१ लख ६ हजार ४५२ कित्ता शेयर २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४६० रुपैयाँमा खरिदबिक्री भएको छ । 

यस दिन कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये अन्य र म्युचुअल फण्डको सूचक मात्र बढेको छ । जसअन्तर्गत अन्य १.३० र म्युचुअल फण्ड ०.४३ प्रतिशतले बढेको छ ।

बाँकी ११ वटा उपसमूहगत सूचक घटेको छ ।

बिहीबारको बजारमा मेरो माइक्रोफाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । लघुवित्तको शेयरमूल्य १० प्रतिशत (१५४.१० रुपैयाँ) बढेर १६९५.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यस दिन कारोबार रकमका आधारमा सानिमा बैंक २७.१३ करोड सहित शीर्ष स्थानमा छ ।

बिहीवार जोशी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा बढी ५.८७ प्रतिशतले घटेको छ ।

salt training

कमेन्ट गर्नुहोस्