३१ असार २०८३, बुधबार

बाढीपीडितसँग झोक्किँदै देउवाले भने – ‘ए भाइ ! तपाईं बढ्ता बोल्दै हुनुहुन्छ’

कात्तिक ४, २०७८
बाढीपीडितसँग झोक्किँदै देउवाले भने – ‘ए भाइ ! तपाईं बढ्ता बोल्दै हुनुहुन्छ’
फाइल फोटो

बाढीपहिरो पीडितको अवस्था बुझ्न सुदूरपश्चिम भ्रमणका क्रममा कञ्चनपुरको दोधाराचाँदनी पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा सम्बोधनका क्रममा झोक्किएका छन् ।

बिहीवार साँझ दोधाराको अम्बिका माध्यमिक विद्यालयमा बाढीपीडितलाई सम्बोधन गर्न आयोजित कार्यक्रममा देउवा लगभग १ मिनेट मात्रै बोले । 

सम्बोधनमा देउवाले भने, ‘क्षतिपूर्तिको विवरण संकलन गरेर छिटो काठमाडौं पठाएपछि यसबारेमा निर्णय लिन्छु ।’ देउवाले बोल्दाबोल्दै कार्यक्रमका एक जना सहभागी बोल्न थाले । त्यसपछि देउवाले ती व्यक्तितर्फ औंला देखाउँदै भने, ‘ए भाइ सुन्नुस्, तपाईं बढ्ता बोल्दै हुनुहुन्छ ।’ 

प्रधानमन्त्री देउवा सुर्खेत, डोटी, बझाङ, बैतडी र डडेल्धुरा हुँदै कञ्चनपुर पुगेका थिए ।

प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्व मन्त्रीहरू एनपी साउँद, रमेश लेखक र वीरबहादुर बलायर समेत अवलोकन भ्रमणमा सहभागी थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्