२३ जेठ २०८३, शनिबार

महानिरीक्षकद्वारा प्रहरी कार्यालय नाम्चेको भवन उद्घाटन

कात्तिक १२, २०७८
महानिरीक्षकद्वारा प्रहरी कार्यालय नाम्चेको भवन उद्घाटन

इलाका प्रहरी कार्यालय नाम्चेको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आज उक्त भवनको उद्घाटन गरेका हुन् ।  उक्त कार्यक्रममा बोल्दै महानिरीक्षक क्षेत्रीले नेपाल प्रहरी सङ्गठनबाट सम्पादित कार्य कानुनसम्मत र विवेकपूर्ण हुनुपर्ने बताए ।

सोही कार्यक्रममा बोल्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसीले भौतिक सुविधाले प्रहरी कर्मचारीको थप मनोवल बढ्ने र कार्यक्षेत्रसमेतमा यसले अनुकूल वातावरण सिर्जना हुने विश्वास व्यक्त गरे ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक सहयोगमा कुल रु दुई करोड चार लाख ४७ हजार ८५५ को लागतमा एकःएक तले तीन भवन निर्माण गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्