१९ असार २०८३, शुक्रबार

शेरबहादुर र ओलीले गणतन्त्र जोगाउँदैनन् : प्रचण्ड

कात्तिक २०, २०७४
शेरबहादुर र ओलीले गणतन्त्र  जोगाउँदैनन् : प्रचण्ड

नेपालगञ्ज, ८ असार — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालगञ्जबाट प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई डायलग पेलेका छन् ।

केही दिन अघि सम्म देउवाप्रति आफ्नो अपेक्षा रहेको भन्दै फुर्काएका उनले एक साता पनि नवित्दै नेपालगञ्ज गएर देउवालाई डायलग हाने । उनले कांग्रेस र एमाले विजयी भएका गणतन्त्र खतरामा पर्ने समेत बताए ।

बाँकेमा आयोजना गरिउको एउटा चुनावी सभालाई सम्बोधन गर्दै उनले गणतन्त्र माओवादीको बलमा आएकोले जनताले माओवादीलाई नै जिताउनुपर्ने बताए ।

उनले आफूहरुको मुल्य तोक्ने देउवा र ओलीले गणतन्त्र बचाउन नसक्ने बताए । माओवादी बलियो हुँदा मात्रै देश बलियो हुने समेत उनले बताए ।

प्रचण्डले नेपालगञ्जमा आफ्नो सरकारले २४ घण्टा बिजुली बल्ने व्यवस्था मिलाएको बताए । साथै राम्रो आर्थिक बृद्धि गराएको समेत बताए ।

salt training

कमेन्ट गर्नुहोस्