नवलपरासी, ८ असार– दोस्रो चरणको स्थानीय तह निर्वाचन विथोल्न हिँडेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय नेता पक्राउ परेका छन् ।
निर्वाचन विरोधी गतिविधि गरेको भन्दै प्रहरीले राजपाका केन्द्रीय उपाध्यक्ष गोविन्द चौधरीसहित ६ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरीले सदरमुकामबाट उपाध्यक्ष चौधरीसहित राजपा जिल्ला संयोजक पुरन चौधरी, राधेरामण पाण्डे, विजय अग्रहरी, ओमप्रकाश चौधरी र अभिमन्यू यादवलाई पक्राउ गरेको छ ।
दोस्रो चरणको स्थानीय निर्वाचन गतिविध र शान्ति सुरक्षामा पुर्याएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा रहेको राजपाले स्थानीय तह निर्वाचन बहिस्कार गर्न विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।