
नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता हरिहर दाहालले विवादमा परेका व्यक्तिको सम्मानजनक बहिर्गमन हुन नसक्ने बताएका छन् ।
सर्वोच्च परिसरमा नेपाल बार एसोसिएसनले दिएको धर्नापछि सम्बोधन गर्दै दाहालले सम्मानजनक बहिर्गमनको कुरा अमूर्त भएको बताए ।
'विवादमा परेका व्यक्तिको पनि सम्मानजनक बहिर्गमन हुन्छ र ?' प्रश्न गर्दै दाहालले भने, 'जे कुरा आइराछ, त्यो अमूर्त हो । स्वेच्छाले पद त्याग गर्नु नै सम्मानजनक हो । २६ वर्ष न्यायाधीश भएर काम गर्नुभाछ, उहाँले बुझ्नुपर्ने हो ।'
उनले आफूहरूभन्दा सर्वोच्चका न्यायाधीशहरू बढी सकसमा रहेको बताए । बारलाई पनि मान्य हुने गरी निर्णय गर्न न्यायाधीशहरूलाई दाहालको आग्रह छ ।
प्रधानन्यायाधीशको भड्काउमा लागेर केही वकिलहरूले सेतो पट्टी बाँधेको उल्लेख गर्दै उनले कसैले भड्काउँदैमा नभड्किन आग्रह गरे ।
जबराले न्यायाधीशहरूको बीचमा पनि अन्तरविरोध ल्याउन पहल गर्न सक्ने उनको भनाइ थियो ।