३१ असार २०८३, बुधबार

कांग्रेसमा पुस्तान्तरणभन्दा पनि रूपान्तरणको खाँचो छ : वरिष्ठ नेता पौडेल

कात्तिक १६, २०७८
कांग्रेसमा पुस्तान्तरणभन्दा पनि रूपान्तरणको खाँचो छ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र पुस्तान्तरणभन्दा पनि रूपान्तरणको खाँचो औल्याउँदै केही जिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद अझै निरूपण हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस मकवानपुरले हेटौंडामा मंगलवार आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेता पौडेलले पार्टीका नेता कार्यकर्ताले नेतृत्व र विपक्षीलाई समेत प्रश्न गर्न सक्नुपर्ने बताउँदै कांग्रेसले केही व्यक्तिको मात्र नभई सिंगो देश र जनताको मुद्दा उठाउनुपर्ने बताए ।

‘कांग्रेस अरुको भरमा उभिने पार्टी होइन, पार्टीभित्र शुद्धीकरणको आवश्यकता छ,’ उनले भने ।  

एकपछि अर्को समस्याका कारण सर्वोच्च अदालतमा अहिलेको अवस्था सिर्जना भएको उनको भनाइ थियो । वरिष्ठ नेता पौडेलले न्यायालयको साख जोगाउन अहिलेको समस्याको निकास चाँडै हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डे, जिल्ला सभापति ईन्द्रबहादुर बानियाँ लगायतले बोलेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्