
प्रहरीले कास्कीमा लागूऔषधसहित २ महिलालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पोखरा महागनरपालिका–८ सिमलचौरबाट लमजुङको दोर्दी गाउँपालिका–७ की ३१ वर्षीया प्रेमा गुरुङ र गुल्मीको मालिका–२ की ३१ वर्षीया कोपिला अर्याललाई पक्राउ गरेको हो ।
प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमालका अनुसार दुवै जनाबाट डाइजापाम–७४ एम्पुल, बरुफिनुर्फिन–७० एम्पुल र फेनेरागन–७२ एम्पुल बरामद गरिएको छ ।
दुवै जनाको कास्की जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी मुद्दामा ८ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया थालिएको प्रहरीले जनाएको छ ।