३० जेठ २०८३, शनिबार

पत्रकारितासँग सम्बन्धित संगठनहरूलाई स्वतन्त्रतापूर्वक अघि बढ्न अर्थमन्त्रीको आग्रह

कात्तिक २७, २०७८
पत्रकारितासँग सम्बन्धित संगठनहरूलाई स्वतन्त्रतापूर्वक अघि बढ्न अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले पत्रकारितासँग सम्बन्धित संघ, संगठनहरूलाई स्वतन्त्रतापूर्वक अघि बढ्न आग्रह गरेका छन् । 

नेकपा (माओवादी केन्द्र)का नेता समेत रहेका उनले राष्ट्रिय आत्मनिर्भरता, स्वाधिनताको रक्षा गर्दै समाजवादतिर अगाडि बढ्ने संवैधानिक अधिकारलाई स्थापित गर्ने कुरा नै सबै पत्रकारहरू र पत्रकारहरूसँग आबद्ध संघ, संगठनहरूको दायित्व भएको पनि बताएका हुन् । 

प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई शनिवार पोखरामा उद्घाटन गर्दै उनले लोकतन्त्रको पक्षमा उभिने पत्रकार र त्यसका संगठनहरूलाई सरकारले सधैं सम्मान गर्ने बताए । 

अर्थमन्त्री शर्माले पत्रकारहरूलाई समाजवादतिर अगाडि बढ्ने गरी संगठन र विचारको निर्माण गर्न पनि सुझाव दिए । 

‘पत्रकार र त्यसका संगठनहरू स्वतन्त्रतापूर्वक अगाडि बढ्नु हुनेछ भन्ने मैले अपेक्षा गरेको छु । परिवर्तनबाट प्राप्त भएको उपलब्धि समाजवादतिर अगाडि बढ्ने संवैधानिक अधिकार जो छ, त्यो संवैधानिक अधिकार राष्ट्रिय आत्मनिर्भरता, स्वाधिनताको रक्षा गर्दै हामी समाजवादतिर अगाडि बढ्ने मान्यतालाई स्थापित गर्ने कुरा नै प्रेस सेन्टर र समस्त पत्रकारहरूको दायित्व हो भन्ने कुरा म यहाँ राख्न चाहन्छु,’ उनले भने, ‘त्यसको लागि कस्तो संगठन आवश्यक छ ? कस्तो विचार आवश्यक छ ? लोकतन्त्रको पक्षमा उभिएका प्रेस सेन्टर मात्रै होइन, अन्य संगठनहरूले पनि लोकतन्त्रको पक्षमा गरेको संघर्ष, त्यो योगदान र बलिदानलाई हामीले त्यही रुपमा सम्मान गर्नु पर्दछ । ती सबै लोकतन्त्रको पक्षमा उभिन पत्रकारहरूका सबै संगठनहरूलाई पनि सम्मान गर्न चाहन्छु ।’

अर्थमन्त्री शर्माले खोज तथा अनुसन्धानमूलक पत्रकारितामा जोड दिनुपर्ने आवश्यकता औंल्याए । उनले पत्रकारहरूको क्षमता वृद्धिका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्