१९ असार २०८३, शुक्रबार

'मुलुक वर्तमान व्यवस्थामा आइपुग्नु माओवादी आन्दोलनको उपज'

कात्तिक २७, २०७८
'मुलुक वर्तमान व्यवस्थामा आइपुग्नु माओवादी आन्दोलनको उपज'

नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश इञ्चार्ज शक्तिबहादुर बस्नेतले राजनीतिकरुपमा मुलुक वर्तमान व्यवस्थामा आइपुग्नु माओवादी आन्दोलनको उपज भएको बताएका छन् । वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन कर्णाली प्रदेश समितिको दोस्रो परिषद्लाई सम्बोधन गर्दै इञ्चार्ज बस्नेतले आजको परिवर्तन नै माओवादीको अगुवाइमा भएको दाबी गरे । उन्नाइसदिने आन्दोलन १२बुँदे समझदारीको जगमा भएको तर्क गर्दै उनले गणतन्त्र, सङ्घीयता, समावेशिता र समानुपातिक व्यवस्था माओवादीको आन्दोलनको उपलब्धि भएको जनाए ।

माओवादी केन्द्रका प्रदेश सचिव रामदीप आचार्यले प्रथम औद्योगिककालको शैक्षिक प्रणालीमा आजको शिक्षा प्रणाली चलिरहेको तर्क गरे ।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको दोस्रो परिषद्मा केन्द्रीय प्रतिनिधि, प्रदेश तथा जिल्लाका पदाधिकारीसहित ३१८ शिक्षकको सहभागिता रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्