३१ असार २०८३, बुधबार

चीनले आयोजना गर्ने शीतकालीन ओलम्पिक अमेरिकाले बहिष्कार गर्न सक्ने

मंसिर ३, २०७८
चीनले आयोजना गर्ने शीतकालीन ओलम्पिक अमेरिकाले बहिष्कार गर्न सक्ने

चीनको मानवअधिकार रेकर्डका विषयमा आपत्ति जनाउँदै अमेरिकाले बेइजिङको आयोजनामा हुन लागेको शीतकालीन ओलम्पिक कूटनीतिक रूपमा बहिष्कार गर्न मन बनाएको छ । 

अमेरिकाका राष्ट्रपति जो बाइडनले बिहीवार त्यसको पुष्टि गरेका हुन् । 

अल्पसंख्यक मुसलमानहरूका विरुद्ध नरसंहार गरेको आरोप लगाउँदै अमेरिकाले यो कदम चाल्न खोजेको हो । 

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँगको बैठकअघि ओलम्पिक बहिष्कार सम्बन्धी प्रश्न सोधिएको थियो र बाइडनले यसमा विचार गरिरहेको बताए । 

कूटनीतिक बहिष्कार भन्नाले फेब्रुअरी महिनामा हुन लागेको बेइजिङ शीतकालीन ओलम्पिकको शुभारम्भ समारोहमा अमेरिकी अधिकारीहरू उपस्थित हुने छैनन् । 

केही दिनअघि बाइडन र चीनका राष्ट्रपति जो बाइडनबीच भर्चुअल शिखरवार्ता सम्पन्न भएलगत्तै अमेरिकाले ओलम्पिक बहिष्कारका विषयमा सोचविचार गरिरहेको हो । 

salt training

कमेन्ट गर्नुहोस्