काठमाडौँ, ११ असार - बुधबार हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि तीन प्रदेशका ३३४ स्थानीय तहका मतदातालाई आइतबारदेखि मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा पनि दिइने भएको छ । असार ११, १२ र १३ गते सम्बन्धित मतदान केन्द्रबाट जम्मा ६४ लाख ३२ हजार ७६५ जना मतदातालाई परिचयपत्र प्रदान गरिने गोरखापत्रमा खबर छ ।