०३ असार २०८३, बुधबार

आफ्नै छोरासहित २ जनालाई एसिड प्रहार गर्ने पक्राउ

आफ्नै छोरासहित २ जनालाई एसिड प्रहार गर्ने पक्राउ
प्रतिनिधिमूलक तस्वीर।

सोलुखुम्बुमा आफ्नै २५ वर्षीय छोरासमेत दुईजनालाई एसिड प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सोलु दूधकुण्ड नगरपालिका-५, सल्लेरीका ५० वर्षीय मोहन बराइलीलाई सोमवार राति प्रहरीले पक्राउ गरेको हो । 

मादक पदार्थ सेवन गरी मोहनले एसिड प्रहार गर्दा २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

घाइते दुवैजनालाई जिल्ला अस्पताल फाप्लु हुँदै थप उपचारको लागि वीर अस्पताल काठमाडौं रिफर गरिएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्