जेठ ७, २०७९
निर्वाचित भएर शुक्रबारदेखि काम थालेका स्थानीय तहका जनप्रतिनिधिले विभिन्न वाचा र प्रतिबद्धता गर्दै शपथ लिएका छन् । कसैले आफ्नो कार्यकालमा कुनै पनि भ्रष्टचार नगर्ने भन्दै देउताको घण्टा छोएर पदभार ग्रहण गरेका छन् भने क...
नेपाल कम्युनिस्ट पार्टीको स्थापना २००६ साल वैशाख १० गते भएको थियो । कम्युनिष्ट पार्टीका संस्थागत महासचिव पुष्पलाल श्रेष्ठ हुन् ।
पहिलो महाधिवेशन २०१० माघ १० देखि २० गतेसम्म भएको थियो । काठमाडौंका १० दिन लगाएर गरिएको पहिलो महाधिवेशनबाट मनमोहन अधिकारी महामन्त्रीमा निर्वाचित भए ।
काठमाडौंमा नै भएको दोस्रो महाधिवेशनबाट डा. केशरजंग रायमाझी महासचिवमा निर्वाचित भए । यो महाधिवेशन दरबारमार्गस्थित फोहरादरबारमा २०१४ साल जेठ १५ देखि २५ गतेसम्म भएको थियो ।
२०१९ साल वैशाख ४ देखि १५ गतेसम्म भएको तेस्रो महाधिवेशनबाट महासचिवमा तुल्सीलाल अमात्य निर्वाचित भए ।
सिरहाको विष्णुपुरकट्टी, सर्रे अम्बासमा चौथो महाधिवेशन भयो । यो महाधिवेशनबाट मदनकुमार भण्डारी महासचिवमा निर्वाचित भए । यो महाधिवेशन २०४६ भदौ ९ देखि १४ गतेसम्म भएको थियो । यो महाधिवेशनबाट भण्डारीको उदय भयो ।
पाँचौं महाधिवेशन २०४९ माघ १४ देखि २० गतेसम्म दशरथ रंगशाला–कमलादी, काठमाडौंमा भयो । मूल नारा–‘जडसूत्रवाद र विसर्जनवादको विरोध गरौं, माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकास गरौं भन्ने नाराका साथ भएको यो महाधिवेशनबाट अध्यक्षमा मनमोहन अधिकारी, महासचिवमा मदनकुमार भण्डारी निर्वाचित भए ।
२०५० जेठ ३ मा दासढुंगा घटनामा महासचिव भण्डारीको निधन भयो । त्यसपछि माधवकुमार नेपाल महासचिव भए ।
नेपालगञ्जमा २०५४ माघ १२ देखि १८ गतेसम्म भएको छैटौं महाधिवेशनबाट अध्यक्षमा पुनः मनमोहन अधिकारी, महासचिवमा नेपाल नै निर्वाचित भए । मूलनारा–‘विकृति र विसंगतिविरुद्ध संघर्ष गरौं, विचारधारात्मक रूपमा पार्टीलाई एकताबद्ध पारौं, नारा साथ भएको यो महाधिवेशन पनि एमाले विभाजन नै भयो । वामदेव गौतम, सीपी मैनाली नेकपा माले बनाए ।
जनकपुर, धनुषामा २०५९ माघ १८ देखि २२ गतेसम्म भएको सातौं महाधिवेशन भयो । यो महाधिवेशनबाट अध्यक्ष पद हटाइयो । महासचिव नेपाल नै निर्वाचित भए । यो महाधिवेशनको मूल नारा– ‘प्रजातन्त्र, शान्ति र समग्र विकास, प्रतिगमनविरुद्ध अग्रगामी निकास !’ थियो ।
२०६५ फागुुन ५ देखि १४ सम्म आठौं महाधिवेशन बुटवलमा भयो । यो महाविधेशनमा बहुपदीय व्यवस्था गरियो । मूल नारा– ‘यथास्थिति, अराजकता र विखण्डनका विरुद्ध आठौं ‘महाधिवेशन, राष्ट्रिय एकता, सामाजिक रूपान्तरण र लोकतान्त्रिक गणतन्त्रका लागि नयाँ’ संविधान !’ भएको महाधिवेशनबाट झलनाथ खनाल अध्यक्ष, ईश्वर पोखरेल महासचिवमा निर्वाचित भए । यो महाधिवेशनमा खनालबाट केपी शर्मा ओली पराजित भए ।
२०७१ असार १९ देखि साउन १ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नवौं महाधिवेशन भएको थियो । मूल नारा – ‘शान्तिपूर्ण जनक्रान्तिका उपलब्धिहरूलाई संस्थागत गरौं, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गरौं!’ भएको यो महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली, उपाध्यक्षमा विद्यादेवी भण्डारी, वामदेव गौतम, युवराज ज्ञवाली, अष्ठलक्ष्मी शाक्य, भीम रावल निर्वाचित भए । महासचि ईश्वर पोखरेल, उपमहासचिवमा विष्णु पौडेल र घनश्याम भुसाल, सचिवमा प्रदीप ज्ञवाली, भीम आचार्य, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट, योगेश भट्टराई निर्वाचित भएका थिए ।
पार्टीको नीति र विधानको निर्माण गर्दै प्रथम विधान महाधिवेशन २०७८ असोज १५ देखि १७ गतेसम्म, गोदावरी, ललितपुरमा सम्पन्न भएको छ । यो विधान महाधिवेशनले पार्टीको नीति, संगठन र विधानसम्बन्धी दस्तावेज पारित गरेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
निर्वाचित भएर शुक्रबारदेखि काम थालेका स्थानीय तहका जनप्रतिनिधिले विभिन्न वाचा र प्रतिबद्धता गर्दै शपथ लिएका छन् । कसैले आफ्नो कार्यकालमा कुनै पनि भ्रष्टचार नगर्ने भन्दै देउताको घण्टा छोएर पदभार ग्रहण गरेका छन् भने क...
नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भए पनि विद्यार्थीका हातमा कहिलेसम्म पाठ्यपुस्तक पुग्छ भन्ने अझै निश्चित छैन । स्कुल गएको पहिलो दिन नै पुस्तक पाइसक्नुपर्नेमा अहिलेसम्म विद्यार्थी पुस्तकविहीन छन् । सरकारी र निजी दुवैत...
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पहिलो पटक सहभागी नयाँ राजनीतिक दलहरू जनमत परीक्षणमा सफल देखिएका छन् । पार्टी गठनको छोटो अवधिमा नै त्यस्ता दलहरूलाई जनताले राम्ररी विश्वास गरेको निर्वाचनको घोषित ...
काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा काठमाडौं उपत्यका चोकदेखि गल्लीसम्म दुर्गन्धित बनेको छ । निर्धारित समयमा सडक निर्माण नगरेको विरोधमा पासाङ ल्हामु राजमार्गमा स्थानीयले सडक अवरोध गरेपछि लामो ...
३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको आउँदै गरेको मतपरिणामले दलहरूको स्थानीय तहको विगतको हैसियत नै अदलबदल गरिदिएको छ । २०७४ को स्थानीय तहमा पहिलो दल बनेको नेकपा एमाले यसपटकको स्थानीय तहको निर्वाचनको ह...
स्थानीय तह निर्वाचन सम्पन्न भएको आज आठौं दिन हो तर देशका सुविधा सम्पन्न स्थानीय तहको रूपमा चिनिएको काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भरतपुर र विराटनगरसहितका ठूला सहरका रूपमा चिनिएको महानगरहरूको...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...