×

Nic Asia
Marvel

मौद्रिक नीति समीक्षा : बैंक तथा वित्तीय क्षेत्रमा कस्तो असर पर्ला ? यस्तो छ बैंकर ज्ञवालीको विश्लेषण

काठमाडाैं | मंसिर १०, २०७८

NTC
TVS INSIDE
  • मनोज ज्ञवाली
IME BANK INNEWS
morang Auto yamaha

बहुप्रतीक्षित मौद्रिक नीतिको समीक्षा नेपाल राष्ट्र बैंक ले आज जारी गरेको छ। यसका मुख्य ९  व्यवस्था निम्नानुसार छन।


Advertisment
NMB BANK
Saurya island

मौद्रिक तथा वित्तीय उपायहरु 

१.मौद्रिक नीतिको उपर्युक्त कार्यदिशा अनुरुप विद्यमान अनिवार्य नगद अनुपात, बैंक दर र वैधानिक तरलता अनुपात यथावत । 

Vianet communication
Maruti inside

असर:  अनिवार्य नगद अनुपात- ३%, बैंक दर-५% र वैधानिक तरलता अनुपात -८,९ र १०% यथावत रहदा तरलताको स्थिति मा कुनै असर नपर्ने।

२.बैंक तथा वित्तीय संस्थाहरुले कर्जा–निक्षेप अनुपात ९० र गणना विधि यथावत।  २०७९ असार मसान्तसम्ममा निर्धारित सीमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत 
गराई यस बैंक समक्ष पेश गरी सोको कार्यान्वयन गर्नुपर्ने।

असर: बैंक तथा वित्तीय संस्थाहरुले कर्जा–निक्षेप अनुपात ९०.३१% रहे को छ। यो भने को सिमा भन्दा रु.१५ अरब बढि छ। बैंक हरू कर्जा दिन सक्ने स्थिति मा छैनन। गणना विधि यथावत राखिएको कारण कर्जा दिन सक्ने छैन। निक्षेप बृद्धिदर  १७.२% र कर्जा बृद्धिदर ३१.७% रह्यो। संचालक समिति बाटै पारित गराई हामी ९० % तल राख्छौ भनेर प्रतिवद्धता पेश गर्नु पर्ने हुदा नियामक अझै कडा रुपमा प्रस्तुत। 

३.विदेशी विनिमय सञ्चितिको विद्यमान स्थितिलाई दृष्टिगत गरी तोकिएका वस्तुहरुको आयात प्रतीतपत्र खोल्दा अनिवार्य रुपमा नगद मार्जिन राख्नुपर्ने। विद्यमान सीमा पुनरावलोकन गरिने ।

असर: बढ्दो आयात को कारण विदेशी मुद्रा सञ्चितिघट्दै गएको र आयातको भुक्तानी गर्दा थप कर्जा प्रवाह दुबैलाई नियन्त्रण गर्नै लक्ष्य लिए को देखिन्छ। महंगो अनी  विलासिताका सामानहरु र सिधै भारत तर्फ निर्यात हुने वस्तुहरुको सुची सहित केहि नियन्त्रण गरिने अपेक्षा।

४.ड्राफ्ट÷टि.टि.को माध्यमबाट आयात गर्दा प्रदान गरिने रकमको अधिकतम सटही सुविधासम्म मात्र चाँदी आयात गर्नको लागि सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरिने। 
असर: सुनचादीको आयात घट्ने। 

५.व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण र पर्यटनसँग सम्बन्धित नेपाली फर्म तथा कम्पनीले विदेशबाट संस्थागत ऋण लिन चाहेमा वाणिज्य बैंकहरुले बैंक ग्यारेण्टी जारी 
गर्न सक्ने व्यवस्था मिलाइने  ।

असर : बिदेशी ऋण र लगानी प्रवर्धन हुने। कम्पनीहरुले बैंक ग्यारेन्टि दिन सकिने अबस्था हुदा वैदेशिकम्बन्ध राम्रो भएका कम्पनी हरु ले सिधै ऋण लिन सक्ने हुदा उनीहरुको माग केहि वैदेशिक ऋण वाट पुरा भएमा नेपालमा कर्जा को चाप अली कम हुनसक्ने। तर तत्कालै धेरै ठूलो असर हुने देखिदैन।

६.विदेशी मुद्रामा लिइने ऋणको ब्याजदर तथा शुल्क लगायतका विद्यमान व्यवस्थामा पुनरावलोकन गरिने ।

असर : बिदेशी ऋण र लगानी का शर्तहरु अझ सहज हुने र थप वैदेशिक ऋण प्राप्त हुने।

७.गैर आवासीय नेपालीहरू तथा गैर आवासीय नेपालीहरू संलग्न विदेशी संस्थाहरूबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न सकिने व्यवस्थालाई सरलीकरण गरिने ।

असर: गैर आवासीय नेपालीहरू तथा गैर आवासीय नेपालीहरू संलग्न विदेशी संस्थाहरूबाट विदेशी मुद्रामा निक्षेप लिन शर्तहरु अझ सहज हुने र थप वैदेशिक निक्षेप प्राप्त हुने।

८.विदेशी मुद्राको नन डेलिभरेवल फरवार्ड कारोबारमा रहेको विद्यमान सीमा पुनरावलोकन 

असर: विदेशी मुद्राको नन डेलिभरेवल फरवार्ड कारोबार रहेको विद्यमान सीमा प्राथमिक पुँजीको  ३०% मा पुनरावलोकन । यसले तरलतामा खासै असर हुने छैन। नन डेलिभरेवल फरवार्ड कारोबारको रकममा तलमाथि हुने देखिन्छ।

९. DAP र DAA  को विद्यमान सीमा पुनरावलोकन गरिनेछ ।

असर:विद्यमान सीमा अमेरिकी डलर १,००,००० पुनरावलोकन गरिनेछ आयात नियन्त्रण गर्नै लक्ष्य लिए को देखिन्छ। यस बाट विदेशी मुद्रा को खर्च केहि कम हुन जानेछ।

धेरै अपेक्षा गरिएको मौद्रिक नीतिले आयात लाई नियन्त्रण गर्नै र वैदेशिक ऋण तथा निक्षेप प्रबर्धन को निती लिएको छ। यसबाहेक अरू कुरा हरु यथावत।

(ज्ञवाली नबिल बैंकका महाप्रबन्धक हुन् ।)

TATA Below
NLIC
fman
जेठ ७, २०७९

पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्‍याउने र ग्राहकलाई विशेष छुट प्रदान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले अन्नपूर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १०% छुट दिने गरी व्यावसायिक सम्झौता गरेको छ ।&nb...

जेठ ६, २०७९

नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिदै सो प्रणालीमा थप १ विकास बैंक र ३ वित्त कम्पनीहरुलाई आवद्ध गराइएको छ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले उपलब्ध...

जेठ ६, २०७९

शुक्रवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २४ रुपैयाँ ०७ पैसा  र बिक्री दर १ सय २४ रुपैयाँ ६७ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार य...

जेठ ७, २०७९

धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले विभिन्न पदमा कर्मचारीहरू सिफारिश गरेको छ । बोर्डले लिखित परीक्षा तथा अन्तर्वार्ताबाट छानिएकाहरूलाई पदपूर्तिका लागि सिफारिश गरेको हो ।  सूचना...

जेठ ६, २०७९

शनिवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २३ रुपैयाँ ७८ पैसा  र बिक्री दर १ सय २४ रुपैयाँ ३८ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले शनिवारका लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युर...

जेठ ५, २०७९

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि भएको छ ।  गत वैशाख महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x