×
Bajaj Top
Khukuri
FONEPAY

महिला क्रिकेट : मलेसियालाई पराजित गर्दै नेपाल शीर्षस्थानमा

काठमाडाैं | मंसिर १०, २०७८

NTC
TVS INSIDE

संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई पराजित गरेको छ । जितसँगै नेपाल शीर्ष स्थानमा उक्लेको छ ।

Sanima Bank
morang Auto yamaha

विश्वकप एसिया छनोटअन्तर्गत शुक्रवार भएको आफ्नो चौथो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

मलेसियाले नेपाललाई जीतका लागि ९३ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य नेपालले १८ दशमलव २ ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । जीतसँगै नेपालले आगामी वर्ष हुने टी–२० विश्वकप ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

नेपालको जीतमा सीता राना मगरले सर्वाधिक ३० रनको योगदान दिए । कप्तान रुविना क्षेत्रीले २०, सरिता राना मगरले १५, कविता कुँवरले १० तथा इन्दु बर्माले चार रन बताए । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

बलिङतर्फ नेपालकी सबनम राईले दुई तथा कविता कुँवर, सीता राना मगर र कप्तान रुबिना क्षेत्रीले एक-एक विकेट लिए । 

नेपाल चार खेलमा तीन जीत र एक हारका साथ ६ अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई ८ विकेटले पराजित गरेको थियो । 

त्यस्तै नेपालले तेस्रो खेलमा कुवेतलाई ९ विकेटले हराएको थियो । तीन खेल खेलेको यूएई शतप्रतिशत नतिजाका साथ ६ अंक जोडेर दोस्रो स्थानमा छ । रनरेट बलियो भएका कारण नेपाल शीर्ष स्थानमा छ । 

नेपालले अन्तिम खेल आइतवार यूएईसँग खेल्नेछ ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ११, २०७८

सोमवार अफ्रिका कप अफ नेसन्स फूटबल खेलअघि भागदौड मच्चिएपछि आठजनाको मृत्यु भएको छ ।  क्यामरून र कोमोरोस आइल्यान्ड्सबीचको खेलअघि मानिसहरू रंगशालामा पस्नका लागि मारामार गर्ने क्रममा दुर्घटना भएको हो । ...

माघ ९, २०७८

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको अक्सनका लागि नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन् । आईपीएलले शनिवार सार्वजनिक गरेको अक्सनमा सहभागी खेलाडीको सूचीमा नेपालका १५ खेलाडीले दर्ता गरेको जन...

माघ ९, २०७८

माघ १५ बाट हुने भनिएको राष्ट्रिय महिला लिगका खेलहरू स्थगित भएका छन् ।  कोरोना महामारीका कारण लिगका खेलहरू स्थगित भएका हुन् ।  अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक सूचना प्रकाशित गर्दै महिला लि...

माघ १०, २०७८

स्पेनिस ला लिगामा बार्सिलोनाले जित निकाल्दा उपाधि दौडमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ । आइतवार राति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई उसैको मैदानमा १–० गोलले हरायो । घरेलु मै...

माघ ९, २०७८

एस्टन भिल्लाका लुकास डिग्ने तथा म्याटी कासमाथि प्लास्टिकको बोतल प्रहार गर्ने एक फुटबल समर्थनलाई पक्राउ परेका छन् ।  गुडसिन पार्कमा शनिबार राती एभर्टनविरुद्धको खेलका क्रममा लुकास र म्याटीमाथि बोतल प्रहार गरे...

माघ १०, २०७८

प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितापछि नेपाली क्रिकेट टोली ग्लोबल छनोटलाई लक्षित गर्दै प्रशिक्षणमा फर्किएको छ ।  आईसीसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीमा रहेको टो...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...