३० असार २०८३, मंगलबार

गुल्मीको अधिवेशनमा पुनः मतदान गर्न देउवा पक्षको माग

मंसिर १२, २०७८
गुल्मीको अधिवेशनमा पुनः मतदान गर्न देउवा पक्षको माग

कांग्रेस गुल्मीको अधिवेशनमा पुनः मतदान गर्न सभापति शेरबहादुर देउवा पक्षले माग गरेको छ ।

आइतवार बिहान पत्रकार सम्मेलन गर्दै देउवा पक्षका जिल्ला सभापतिका उम्मेदवार बेदबहादुर थापा मगरले जिल्लाभरकै निर्वाचन प्रक्रिया स्थगित गरी पुनः मतदान गर्न माग गरेका हुन् ।

शनिवारदेखि शुरू भएको मतदान प्रक्रियामा सभापतिका अर्का उम्मेदवार खिलध्वज पन्थीले छापामार शैलीमा अधिवेशन गरेको थापाको आरोप छ । पन्थी रामचन्द्र पौडेल पक्षका उम्मेदवार हुन् भने थापा शेरबहादुर देउवा पक्षका हुन् । 

स्थगित गरिएको निर्वाचन प्रक्रिया जबरजस्ती अगाडि बढाउन खोजे आफूहरूले अवरुद्ध गर्ने समेत उनले चेतावनी दिए । निर्वाचन प्रक्रियामा कम्तीमा ३ दिनअघि मतदातालाई जानकारी हुनुपर्ने भए पनि त्यसको ठीक विपरीत पन्थीले मतपत्रमा संकेत गरेको थापाको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्