
पछिल्लो २४ घन्टामा १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९१८ नमूना परीक्षणमध्ये १५४ पीसीआर र ४ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ५२३ पुगेको छ ।
मन्त्रालयका अनुसार थप ३४२ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख २ हजार ३८९ पुगेको छ ।
हाल मुलुकभर ६ हजार ९६६ सक्रिय संक्रमित छन् ।