३१ असार २०८३, बुधबार
एमाले महाधिवेशन

निर्वाचन कार्यक्रम– साढे १२ बजेसम्म उम्मेदवारी दर्ता, २ बजे अन्तिम नामावाली प्रकाशन

निर्वाचन कार्यक्रम– साढे १२ बजेसम्म उम्मेदवारी दर्ता, २ बजे अन्तिम नामावाली प्रकाशन

नेकपा एमालेको केन्द्रीय निर्वाचन आयोगले नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

नयाँ नेतृत्वको लागि अध्यक्ष मण्डलको बैठकमा सहमतिको प्रयास भइरहेको बेला निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । उम्मेदवारी दिने समय साढे १२ बजेसम्मलाई निर्धारण गरिएको छ । 

निर्वाचनको कानूनी प्रक्रिया पूरा गर्न कार्यक्रम सार्वजनिक गरिएको आयोगका अध्यक्ष डा. बिजय सुब्बाले जानकारी दिए । निर्धारित समयसम्म तोकिएको पद भन्दा बढी उम्मेदवारी दर्ता भएमात्र निर्वाचन गर्नुपर्ने सुब्बाले बताए । अध्यक्षमा केपी ओलीविरुद्ध भीम रावलले उम्मेदवारी दिने बताएका छन् । 

वरिष्ठ उपाध्यक्षमा सहमति जुट्न नसके निर्वाचन प्रक्रियामा जान सुवास नेम्वाङले पनि रुची देखाएका छन् । घनश्याम भुसालले पनि उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । 

तोकिए भन्दा बढी उम्मेदवारी परेका भोलि बिहान ९ बजेदेखि मतदान हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्