×

NMB BANK
NIC ASIA

छोरी मात्रै जन्माएर आमाबुवाले बन्ध्याकरण गरेमा नगद ५ हजार रुपैयाँ दिँदै गाउँपालिका

मंसिर १४, २०७८

NTC
Premier Steels

मोरङको कानेपोखरी गाउँपालिकाले छोरीहरू मात्रै जन्माएर बन्ध्याकरण गरेमा सम्मान गर्ने भएको छ ।

Muktinath Bank

छोरी मात्रै जन्मेपछि बन्ध्याकरण गर्ने दम्पतीका लागि गाउँपालिका कार्यालयले नयाँ कार्यक्रम ल्याएको छ तर सम्मान पाउन त्यो दम्पतीले विवाह गर्दा दाइजो नलिएको हुनुपर्ने शर्त राखिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाउँपालिका कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार विवाह दर्ताको प्रमाणपत्र, दाइजो नलिई विवाह गरेको स्वःघोषणासहित स्थलगत सर्जमिन मुचुल्का र वडा कार्यालयको सिफारिस अनिवार्य हुनुपर्ने जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

छोराछोरी समान हुन् भन्ने सन्देश दिनका लागि कार्यक्रम ल्याएको गाउँपालिकाका सूचना अधिकारी गोविन्दप्रसाद फुयालले बताए । सम्मानस्वरूप छोरीहरूको नाममा बाल बचत खाता खोलेर ५ हजार रुपैयाँ खातामा जम्मा गरिदिने उनले बताए ।

Vianet communication

डाक्टरले प्रमाणित गरेको बन्ध्याकरण गरेको रिपोर्ट र दाइजो नलिएको मुचुल्काका आधारमा वडा कार्यालयको सिफारिसमा सम्मानबापत नगद रकम दिने उनले बताए । गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कार्यक्रम लागू भएको छ । कार्यक्रमका लागि डेढ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

छोराको आशमा धेरै सन्तान जन्माउने र पालनपोषणदेखि शिक्षामा समेत कमी आएको पाएपछि चेतना फैलाउने उद्देश्यले कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले बताए । महिला हिंसा न्यूनीकरणदेखि गरीबी न्यूनीकरण गर्न समेत सहयोग पुग्ने उनको विश्वास छ । 

२ नम्बर प्रदेश सरकारले ल्याएको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान चलाइरहेका बेला कानेपोखरी भने नयाँ अभियान थालेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x