कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओलीकै नेतृत्वमा पदाधिकारी र नयाँ केन्द्रीय कमिटी चयन भएको छ ।
सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि अध्यक्ष, उपाध्यक्ष र सचिव पदका लागि निर्वाचनमा जानुपर्ने अवस्था आयो ।
लुम्बिनी प्रदेशलाई एमालेले ‘गढ’ (आधार इलाका) मान्दै एमालेको महाधिवेशनबाट लुम्बिनीले प्रयाप्त ‘स्पेस’ पाएको छ ।
लुम्बिनीबाट एमालेको नेतृत्व तह पदाधिकारीमा ७ जना नेता पुगेका छन् । अध्यक्षपछिको शक्तिशाली पद मानिने महासचिवमा लुम्बिनी प्रदेशकै दाङबाट शंकर पोखरेल निर्विरोध भए ।
उनी लुम्बिनी प्रदेशको निर्वतमान मुख्यमन्त्री समेत हुन् । केपी ओलीको विश्वासपात्र पोखरेललाई ओलीले महासचिव बन्ने संकेत विधान महाधिवेशनमै गरेका थिए ।
त्यस्तै महासचिवमा प्रमुख दाबेदारमध्येका एक प्रभावशाली नेता विष्णु पौडेल उपाध्यक्ष बनेका छन् । उनी पूर्व अर्थमन्त्री तथा रूपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद समेत हुन् । रूपन्देहीमा पौडेलले अगाडि बढाएको विकासले एमालेको जनआधार बलियो छ । त्यस्तै उपाध्यक्षमै दाङका युवराज ज्ञवाली निर्वाचित भएका छन् ।
यसैगरी वैचारिक नेता मानिने गुल्मीका प्रदीपकुमार ज्ञवाली उपमहासचिव बनेका छन् । ज्ञवाली एमाले सचिव थिए । त्यस्तै गुल्मीकै गोकर्ण विष्ट पनि सचिव बनेका छन् । उनी यस अगाडि पनि सचिव नै थिए । गुल्मीमा मात्र नभई लुम्बिनी प्रदेशमै ज्ञवाली र विष्ट लोकप्रिय मानिन्छन् । विस्टले लोकप्रिय मत प्राप्त गरे ।
त्यस्तै रूपन्देहीकै छविलाल विश्वकर्मा सचिवमा निर्वाचित भएका छन् । लामो समयदेखि ओलीलाई साथ दिँदै आएका विश्वकर्मा यसअगाडि पोलिटब्यूरो सदस्य थिए । त्यस्तै सचिवमै अर्घाखाँचीमा टोपबहादुर रायमाझी निर्वाचित भए । उनी पूर्वमाओवादी खेमाबाट आएका नेता हुन् ।
उनीको अर्घाखाँचीमा जनआधार राम्रो छ । केन्द्रीय आयोगको मुख्य पदमा पनि लुम्बिनी छुटेको छैन । अनुशासन आयोगको उपाध्यक्षमा रूपन्देहीका नेत्र पन्थी चयन भएका छन् । त्यस्तै केन्द्रीय लेखा आयोगको उपाध्यक्षमा कपिलवस्तुका विष्णु पन्थी चयन भएका छन् । त्यस्तै केन्द्रीय सदस्यमामा पनि लुम्बिनीबाट धेरै सदस्यहरू निर्वाचित भएका छन् । रूपन्देहीका घनश्याम भुसाल उपाध्यक्षमा पराजित भएका छन् ।
राजनीतिक विश्लेषक ऋषि आजादले एमालेको कुनै पनि निर्णयमा लुम्बिनीका नेताहरूले राम्रो प्रभाव पार्ने बताए ।
‘लुम्बिनीमा एमालेको जनमत खस्केको छैन,’ आजादले भने, ‘ओलीले लुम्बिनीलाई राम्रो स्पेश दिएको देखियो । विष्णु पौडेल उपाध्यक्ष हुँदै अध्यक्षको लाइनमा गए । उनी महासचिव नभए पनि कमजोर भएका चाहिँ होइनन् ।’
लुम्बिनीबाट केन्द्रीय सदस्यमा ४ दर्जनभन्दा बढी परेका छन् ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...