२५ जेठ २०८३, सोमबार
एमाले महाधिवेशन

एमाले महाधिवेशन: लुम्बिनीले कति पायो ‘स्पेस’ ?

मंसिर १४, २०७८
एमाले महाधिवेशन: लुम्बिनीले कति पायो ‘स्पेस’ ?

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओलीकै नेतृत्वमा पदाधिकारी र नयाँ केन्द्रीय कमिटी चयन भएको छ ।

सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि अध्यक्ष, उपाध्यक्ष र सचिव पदका लागि निर्वाचनमा जानुपर्ने अवस्था आयो । 

लुम्बिनी प्रदेशलाई एमालेले ‘गढ’ (आधार इलाका) मान्दै एमालेको महाधिवेशनबाट लुम्बिनीले प्रयाप्त ‘स्पेस’ पाएको छ । 

लुम्बिनीबाट एमालेको नेतृत्व तह पदाधिकारीमा ७ जना नेता पुगेका छन् । अध्यक्षपछिको शक्तिशाली पद मानिने महासचिवमा लुम्बिनी प्रदेशकै दाङबाट शंकर पोखरेल निर्विरोध भए । 

उनी लुम्बिनी प्रदेशको निर्वतमान मुख्यमन्त्री समेत हुन् । केपी ओलीको विश्वासपात्र पोखरेललाई ओलीले महासचिव बन्ने संकेत विधान महाधिवेशनमै गरेका थिए । 

त्यस्तै महासचिवमा प्रमुख दाबेदारमध्येका एक प्रभावशाली नेता विष्णु पौडेल उपाध्यक्ष बनेका छन् । उनी पूर्व अर्थमन्त्री तथा रूपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद समेत हुन् । रूपन्देहीमा पौडेलले अगाडि बढाएको विकासले एमालेको जनआधार बलियो छ । त्यस्तै उपाध्यक्षमै दाङका युवराज ज्ञवाली निर्वाचित भएका छन् । 

यसैगरी वैचारिक नेता मानिने गुल्मीका प्रदीपकुमार ज्ञवाली उपमहासचिव बनेका छन् । ज्ञवाली एमाले सचिव थिए । त्यस्तै गुल्मीकै गोकर्ण विष्ट पनि सचिव बनेका छन् । उनी यस अगाडि पनि सचिव नै थिए । गुल्मीमा मात्र नभई लुम्बिनी प्रदेशमै ज्ञवाली र विष्ट लोकप्रिय मानिन्छन् । विस्टले लोकप्रिय मत प्राप्त गरे ।

त्यस्तै रूपन्देहीकै छविलाल विश्वकर्मा सचिवमा निर्वाचित भएका छन् । लामो समयदेखि ओलीलाई साथ दिँदै आएका विश्वकर्मा यसअगाडि पोलिटब्यूरो सदस्य थिए । त्यस्तै सचिवमै अर्घाखाँचीमा टोपबहादुर रायमाझी निर्वाचित भए । उनी पूर्वमाओवादी खेमाबाट आएका नेता हुन् । 

उनीको अर्घाखाँचीमा जनआधार राम्रो छ । केन्द्रीय आयोगको मुख्य पदमा पनि लुम्बिनी छुटेको छैन । अनुशासन आयोगको उपाध्यक्षमा रूपन्देहीका नेत्र पन्थी चयन भएका छन् । त्यस्तै केन्द्रीय लेखा आयोगको उपाध्यक्षमा कपिलवस्तुका विष्णु पन्थी चयन भएका छन् । त्यस्तै केन्द्रीय सदस्यमामा पनि लुम्बिनीबाट धेरै सदस्यहरू निर्वाचित भएका छन् । रूपन्देहीका घनश्याम भुसाल उपाध्यक्षमा पराजित भएका छन् । 

राजनीतिक विश्लेषक ऋषि आजादले एमालेको कुनै पनि निर्णयमा लुम्बिनीका नेताहरूले राम्रो प्रभाव पार्ने बताए । 

‘लुम्बिनीमा एमालेको जनमत खस्केको छैन,’ आजादले भने, ‘ओलीले लुम्बिनीलाई राम्रो स्पेश दिएको देखियो । विष्णु पौडेल उपाध्यक्ष हुँदै अध्यक्षको लाइनमा गए । उनी महासचिव नभए पनि कमजोर भएका चाहिँ होइनन् ।’ 

लुम्बिनीबाट केन्द्रीय सदस्यमा ४ दर्जनभन्दा बढी परेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्