३० असार २०८३, मंगलबार

कांग्रेस उम्मेदवारको घर नजिक बम भेटियो, गाउँभरि त्रास

कात्तिक २०, २०७४
कांग्रेस उम्मेदवारको घर नजिक बम भेटियो, गाउँभरि त्रास

बाजुरा, १२ असार– बाजुराको बुढीनन्दा नगरपालिका–२ कोल्टीमा नेपाली कांग्रेसका उम्मेदवारको घर नजिक बम भेटिएको छ ।

बुढीनन्दा नगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसका उम्मेदवार पदम कुमार गिरीको घरनजिक बमजस्तो शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ ।

बमजस्तो बस्तु भेटिएपछि गाउँभरि नै त्रास उत्पन्न भएको छ । बम भेटिएको ठाउँमा प्रहरीले पहरा दिइरहेको छ । बम निस्क्रिय पार्न नेपाली सेनाको टोली घटनास्थलतर्फ गइरहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्