२७ जेठ २०८३, बुधबार
सर्वोच्चमा कामुको अन्योल

राणालाई न्यायाधीशहरूको आग्रह– कामुबारे प्रश्न उठ्यो, श्रीमानले केही निकास दिनुपर्‍यो !

मंसिर १६, २०७८
राणालाई न्यायाधीशहरूको आग्रह– कामुबारे प्रश्न उठ्यो, श्रीमानले केही निकास दिनुपर्‍यो !

सर्वोच्च अदालतका न्यायाधीशहरूले कायममुकायम प्रधानन्यायाधीशको सम्बन्धमा प्रश्न उठिसकेकाले निकास दिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आग्रह गरेका छन् ।

बार पदाधिकारीहरूले भेटेर संविधानको धारा १२९ (६)अनुसार कामु तोक्नुपर्ने माग गरेपछि न्यायाधीशहरूका तर्फबाट प्रधानन्यायाधीशलाई यस्तो आग्रह गरिएको हो ।

‘संविधानको धारा १२९ (६) को क्वेच्सन आएको सन्दर्भमा श्रीमानले एउटा निकास दिनुपर्छ, श्रीमान्ले निकास दिनुहुन्छ भन्ने अपेक्षा गरेका छौं भनेर सबै न्यायाधीशकातर्फबाट फर्मल अनुरोध भएको छ,’ एक न्यायाधीशले लोकान्तरसँग भने ।

जवाफमा जबराले आफूले यसमा विचार गर्ने बताएका छन् ।

‘श्रीमानहरूले यति सिरियसली कुरा गरिसकेपछि म यसमा विचार गर्छु भनेर उहाँले भन्नुभाछ,’ ती न्यायाधीशले थपे । 

भोलि बिहानसम्म केही निकास आउँछ कि भन्ने आशामा आफूहरू रहेको उनले बताए ।

प्रधानन्यायाधीश जबरा कोरोना संक्रमणको कारण देखाउँदै केही दिनदेखि सर्वोच्च अदालतमा अनुपस्थित छन् । यद्यपि उनले औपचारिक रूपमा बिदा भने लिएका छैनन् ।

जबराको कोभिड निमोनियाको उपचार भइरहेको सशस्त्र प्रहरी अस्पताल बलम्बुले विज्ञप्तिमार्फत जनाइसकेको छ ।

प्रधानन्यायाधीशको अनुपस्थितिमा कामु प्रधानन्यायाधीश तोकेर अघि बढ्नुपर्ने माग बारले गर्दै आएको छ । नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले बिहीवार न्यायाधीशहरूलाई भेटेर कामु नतोकिँदासम्म बेञ्च नबस्न आग्रह गरेका थिए ।

‘बारका साथीहरू आउनुभाथ्यो । उहाँहरूले आफ्नो कुरा राख्नुभयो,’ ती न्यायाधीशले थपे, ‘उहाँहरूको अडान त कायम नै थियो, तर हामीले पेशी तोक्ने कुरामा अहिले प्रधानन्यायाधीशको कुनै हात हुँदैन, यो डे टु डे फंग्सनको कुरा भयो भन्ने जवाफ दियौं ।’

बारसँगको छलफलपछि गोलाप्रथाबाट पेशी तोकिएको थियो ।

न्यायाधीशहरूले बिहीवार बन्दी प्रत्यक्षीकरणसहित सीमित प्रकृतिका मुद्दा सुनुवाइ गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्