२१ जेठ २०८३, बिहीबार

एक करोड २२ लाख रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ

मंसिर १७, २०७८
एक करोड २२ लाख रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ

एक करोड २२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-१० का ४४ वर्षीय राजेन्द्र भण्डारी र काठमाडौं महानगरपालिका-१३ ताहाचलका २८ वर्षीय रोजन भुजेल छन् । 

उनीहरूमध्ये भुजेललाई बुधवार काठमाडौं कालीमाटी र भण्डारीलाई बिहीवार काठमाडौं महानगरपालिका-९, एयरपोर्टबाट महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

पीडितको सामाजिक सञ्जाल फेसबुकमा आफूलाई डा.बेन्जामिन फ्रान्कलिन भनेर चिनाउने विदेशी नागरिकले आफू प्लाष्टिक सर्जन डाक्टर भएको र कोर्सको लागि मलेसिया आएकोमा आफूसँग भएको सबै रकम लुटिएको भन्दै रकम पठाई सहयोग गरेमा बेलायत पुगेपछि सबै रकमको दोब्बर रकम फिर्ता दिन्छु भनेर प्रलोभन देखाउने गरेको प्रहरीकाे भनाइ छ । प्रहरीका अनुसार विभिन्न मितिमा भण्डारीको नामको गरिमा विकास बैंकको खातामा ७८ लाख रूपैयाँ, भुजेलको नामको नबिल बैंकको खातामा नगद ९ लाख ५० हजार रूपैयाँ र अन्य मानिसहरूबाट थप रकमसमेत गरी उक्त नगद पीडितलाई पठाउन लगाई ठगी गरेको खुल्न आएको छ । 

उनीहरूलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको  छ ।
 

salt training

कमेन्ट गर्नुहोस्