जेठ ६, २०७९
नेपाल प्रहरीका डीआईजी वसन्तकुमार लामा र सशस्त्र प्रहरी बलका नारायणदत्त पौडेल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् । शुक्रवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको सिफारिस अनुसार...
एक करोड २२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-१० का ४४ वर्षीय राजेन्द्र भण्डारी र काठमाडौं महानगरपालिका-१३ ताहाचलका २८ वर्षीय रोजन भुजेल छन् ।
उनीहरूमध्ये भुजेललाई बुधवार काठमाडौं कालीमाटी र भण्डारीलाई बिहीवार काठमाडौं महानगरपालिका-९, एयरपोर्टबाट महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पीडितको सामाजिक सञ्जाल फेसबुकमा आफूलाई डा.बेन्जामिन फ्रान्कलिन भनेर चिनाउने विदेशी नागरिकले आफू प्लाष्टिक सर्जन डाक्टर भएको र कोर्सको लागि मलेसिया आएकोमा आफूसँग भएको सबै रकम लुटिएको भन्दै रकम पठाई सहयोग गरेमा बेलायत पुगेपछि सबै रकमको दोब्बर रकम फिर्ता दिन्छु भनेर प्रलोभन देखाउने गरेको प्रहरीकाे भनाइ छ । प्रहरीका अनुसार विभिन्न मितिमा भण्डारीको नामको गरिमा विकास बैंकको खातामा ७८ लाख रूपैयाँ, भुजेलको नामको नबिल बैंकको खातामा नगद ९ लाख ५० हजार रूपैयाँ र अन्य मानिसहरूबाट थप रकमसमेत गरी उक्त नगद पीडितलाई पठाउन लगाई ठगी गरेको खुल्न आएको छ ।
उनीहरूलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ ।
नेपाल प्रहरीका डीआईजी वसन्तकुमार लामा र सशस्त्र प्रहरी बलका नारायणदत्त पौडेल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् । शुक्रवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिको सिफारिस अनुसार...
संखुवासभाको चैनपुरमा ठूलो आवाजमा विस्फोट भएको छ । चैनपुर–४ को बालज्योति आदर्श स्कुल मतदान केन्द्रभन्दा करीब १५–२० मिटरको दूरीमा रहेको बाँसको झ्याङमा विस्फोट भएको आवाज आएको १ नम्बर प्रदेश ...
नेपाल प्रहरीले कौडा खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–१३ स्थित जंजीर केसीको कटेजमा कौडा खेलिरहेको अवस्थामा काठमाड...
सर्लाहीमा झण्डै १४ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । मलंगवा नगरपालिका-८ राजश्रीहल नजिक बस्ने १९ वर्षीय रुस्तमकुमार यादवलाई १३ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजासहित बुधवार राति प्रहरीले पक्राउ...
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका १ भारदहस्थित कोशी व्यारेजबाट सशस्त्र प्रहरीले मेडईन यूएसए लेखिएको एउटा पेस्तोलसहित सोही नगरपालिका १ बस्ने २६ वर्षिय रञ्जित मण्डललाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ...
स्थानीय तह निर्वाचनका बेला दोलखाको बैत्यश्वरमा गोली चलेको छ । दुई पक्षीय झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो । जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी भोजर...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...