
नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत ९ पदाधिकारीका लागि २० जनाको उम्मेदवारी परेको छ ।
सभापति पदमा गुरु घिमिरे र उद्धव थापाले उम्मेदवारी दिएका छन् ।
२ जना उपसभापतिका लागि ४ जनाको उम्मेदवारी परेको छ । उपसभापतिमा गोविन्द ढुंगाना, टंक राई, विश्वनाथ रिजाल र रमेशजंग रायमाझीले उम्मेदवारी दिएका छन् ।
२ जना महामन्त्रीका लागि ४ जनाको उम्मेदवारी परेको छ । जसमा दिपेन श्रेष्ठ, भूपेन्द्र राई, उमेश थापा र पदमसुन्दर पालुङ्गा उम्मेदवार बनेका छन् ।
सहमहामन्त्री महिला २ र खुला २ गरी ४ जना हुने व्यवस्था भए पनि १० जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा प्रमिला गच्छदार, मानबहादुर लिम्बू, अन्जना ताम्ली, रोहित साह, सुभचद्र राई, सीता कार्की, वीरकाजी राई, विनोदकुमार बस्नेत, खड्गबहादुर फागो र इन्दिरा थापाले रहेका छन् ।
मनोनयन दर्ता शुल्क सभापतिबाट १५ हजार, अन्य पदाधिकारीबाट १५ हजार र सदस्यलाई ५ हजार रुपैयाँ लिइएको प्रदेश निर्वाचन समितिले जनाएको छ ।