०३ असार २०८३, बुधबार

यी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, सतर्क रहन अनुरोध

मंसिर १८, २०७८
यी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, सतर्क रहन अनुरोध

मौसम पूर्वानुमान महाशाखाले शनिवार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ 

महाशाखाले शनिवार बिहान मौसमी बुलेटिन जारी गर्दै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको समेत जनाएको छ ।

देशभर चिसो बढ्ने क्रममा रहेकाले पर्वतारोहण, हवाई, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

हाल प्रदेश १ र प्रदेश २ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

यस्तो छ आगामी ३ दिनको मौसमी पूर्वानुमान –

२०७८ मंसिर १८ गते (शनिबार)

दिउँसो : प्रदेश १, वागमती र गण्डकी प्रदेशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही अन्य बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : प्रदेश १ को पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भू-भागको एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

२०७८ मंसिर १९ गते (आईतबार)

दिउँसो : सुदूर पश्चिम र  कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूर पश्चिम, कर्णाली र लुम्बिनी  प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको साथै सुदूर पश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका केहि स्थान तथा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । सुदूर पश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भु-भागको केही स्थानहरू तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भु-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

 २०७८ मंसिर २० गते (सोमबार)

दिउँसो : सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली, प्रदेश न १  र वागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही वाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । साथै, सुदूर पश्चिम, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागहरूका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती :  कर्णाली प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र प्रदेश न १, वागमती,  लुम्बिनी र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही वाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा लुम्बिनी र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना छ । साथै, सुदूर पश्चिम, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागको एक दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श (Warning/Advisory for next 24 hours)

सुदूर पश्चिम, कर्णाली र लुम्बिनी  प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको साथै सुदूर पश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।  देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन अनुरोध छ ।

तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिनु हुन समेत अनुरोध छ।

salt training

कमेन्ट गर्नुहोस्