२४ असार २०८३, बुधबार

राप्रपाको नेतृत्व छान्न मतदान शुरू

मंसिर १८, २०७८
राप्रपाको नेतृत्व छान्न मतदान शुरू

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एकता महाधिवेशनअन्तर्गत नेतृत्व छान्न मतदान शुरू भएको छ ।

काठमाडौंमा जारी महाधिवेशनमा शनिवार बिहान ८ बजेका लागि तय भएको मतदान ढिला गरी शुरू भएको छ ।

निर्वाचनबाट अध्यक्षसहित १९९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्न २६६ जनाले उम्मेदवारी दिएका छन् ।

राप्रपा अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा भइरहेको छ । राप्रपाले अध्यक्षमा कागजी मतपत्र र अन्य पदमा विद्युतीय मशिनबाट मतदान गर्ने व्यवस्था मिलाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्