×

NMB BANK
NIC ASIA

मोटरसाइकल चोरी गर्ने गिरोहका ७ जना पक्राउ

मंसिर २१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरेर बिक्री वितरण गर्ने गिरोहलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

Muktinath Bank

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले काठमाडौंका विभिन्न स्थानमा विशेष अपरेसन सञ्चालन गरी मोटरसाइकल चोरी गर्ने, डिस्मेन्टल गर्ने र बिक्रीवितरण गर्ने समूहका ७ जनालाई पक्राउ गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टोलीले रौतहट चन्द्रनिगाहापुर-९, सन्तपुर घर भई हाल कीर्तिपुर बस्ने १९  नरकुमार पुडासैनीलाई गत वर्षको माघमा बानेश्वरबाट हराएको प्र ३-०२-०१३प ३६६० नम्बरको मोटरसाइकलको नम्बर परिवर्तन गरी चलाइरहेको अवस्थामा पशुपति क्षेत्रबाट पक्राउ गरेका हो । 


Advertisment
Nabil box
Kumari

थप अनुसन्धानका क्रममा न्युरोडबाट जुम्ला सिँजा गाउँपालिका-६ हाल कीर्तिपुर बस्ने वर्ष २० को पुन्दलाल बुढालाई मोटरसाइकलसहित पक्राउ गरेको ट्राफिक प्रहरीले जनाएको छ । 

Vianet communication
Laxmi Bank

यही मंसिर ८ गते बत्तिसपुतलीबाट हराएको बा.प्र.०२-०२२प ६५१८ नम्बरलाई परिवर्तन गरी बा.प्र-०२-०२५प १३९१ प्रयोग गरेको अवस्थामा मोटरसाइकलसहित बूढा पक्राउ परेका हुन् ।

कीर्तिपुर क्षेत्रबाट २२ को सन्तोष महर्जनसहित रौतहट गुजरा-२ घर भई हाल सानोभर्‍याङ बस्ने वर्ष ३४ को ज्ञानेन्द्र चौधरी, रौतहट गुजरा-३ घर भई हाल बानेश्वर बस्ने वर्ष ३२ को रविकुमार कुशवाहा, उदयपुर घर भई हाल कीर्तिपुर बस्ने कमलबहादुर बस्नेत र बारा गढिमाई घर भई कीर्तिपुर बस्ने वर्ष २२ को रन्जितप्रसाद गुप्तालाई पक्राउ गरिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । 

पक्राउ परेका चौधरी यसअघि पनि मोटरसाइकल चोरीमा कारवाही भोगेका व्यक्ति हुन् । रौतहटका चौधरी र कुशवाहा मोटरसाइकल चोरी गिरोहका मुख्य व्यक्ति रहेको समेत अनुसन्धानबाट देखिएको एसएसपी भट्टराईले जानकारी दिए । त्यसैगरी कीर्तिपुरबाट पक्राउ परेका रञ्जितप्रसाद गुप्ताले चोरी गरी ल्याएका मोटरसाइकलहरूलाई ग्यारेजमा सुरक्षित राख्ने, सामानहरु डिस्मेन्टल गर्ने र फेरबदल गर्ने गरेको समेत देखिएको भट्टराईको भनाइ छ ।

गुप्ता कीर्तिपुरमा रहेको रञ्जित मोटरसाइकल वर्कसपका सञ्चालकसमेत रहेको खुल्न आएको महाशाखाले जनाएको छ । पक्राउ परेका गुप्ता र सन्तोष महर्जनले ग्राहकहरू खोज्ने र सस्तो मूल्यमा मोटरसाइकलहरू किनबेच गर्ने मुख्य भूमिकासमेत खेल्ने गरेको अनुसन्धानबाट खुल्न आएको महाशाखाले बताएको छ ।

बरामद गरेका ७ थान मोटरसाइकलमध्ये एउटा यामाहाको आरफिफ्टिन र अन्य ६ वटा २२० सीसीको पल्सर मोटरसाइकल रहेको महाशाखाले जनाएको छ । त्यस्तै गरी इन्जिन तथा विभिन्न भागहरू काटेर टुक्रा पारेको अवस्थामा  असोजमा ताहाचलबाट हराएको बा-प्र-०२-०१९प ९४९८ नम्बरको २२० सीसी पल्सर मोटरसाइकलसमेत बरामद गरेको महाशाखाले जानकारी दिएको छ ।

पक्राउ गरिएको मोटरसाइकल र चोरीमा संलग्नहरूलाई आवश्यक कारवाहीको लागि विभिन्न महानगरीय प्रहरी वृत्तहरूमा पठाइएको महाशाखाले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x