२१ जेठ २०८३, बिहीबार

विवाहपञ्‍चमीका शौर्य सिमेन्टको शिविर, दर्शनार्थी एवं यात्रीलाई राहत

मंसिर २३, २०७८
विवाहपञ्‍चमीका शौर्य सिमेन्टको शिविर, दर्शनार्थी एवं यात्रीलाई राहत

जनकपुरधाममा भएको विवाह पञ्चमी महोत्सवमा शौर्य सिमेन्टको प्रायोजन र विजय लक्ष्मी मिडिया फाउन्डेसनको आयोजनामा नि शुल्क शिविरको आयोजना गरेको छ ।

विवाह पञ्चमी महोत्सवमा आउने दर्शनार्थीहरूको सेवा सत्कारको लागि यो शिविरको आयोजना गरिएको थियो। 

शौर्य सिमेन्टबाट आयोजित उक्त नि शुल्क शिविरमा दर्शनार्थीहरूको लागी चिया पानीको व्यवस्था गरिएको थियो । सेवा भावले आयोजना गरिएको उक्त  शिविरबाट १० हजार भन्दा बढि व्यक्ती लाई सेवा प्रदान गरिएको थियो ।  

मंसिर २२ गते भएको रामसीता विवाहोत्सवमा नेपाल र भारतका विभिन्न स्थानहरूबाट दर्शनार्थीहरू आउने गर्दछन् साथै प्रत्येक वर्ष अयोध्याबाट जन्ती आउने गर्दछन् । यस अवसरमा जनकपुरधाममा जानकी मन्दिरले विभिन्न वैवाहिक कार्यक्रमहरु आयोजना गर्दै आएको छ । 

साथै यस अवसरमा शौर्य सिमेन्टको नाटक पनि जनकपुरधामको राम चौकमा मंचन गरिएको थियो साथै शौर्य सिमेन्टबाट सोधिएको प्रश्नहरुको सहि जवाफ दिने विजेताहरूलाई शौर्य सिमेन्टको तर्फबाट टिसर्ट पनि बाँडिएको थियो । 

साथै शौर्य सिमेन्ट मिथिला मधेशको उत्पादन रहेको हुनाले मिथिलाको कला संस्कृति परम्परामा कदम मा कदम मिलाउँदै सदैव सेवा भावका लागी तत्पर रहने शौर्य सिमेन्टका ब्रान्ड म्यानेजर अनुज महतले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्