२२ असार २०८३, सोमबार

चीनले अमेरिकाबाट प्रविधि चोरेर हाइपरसोनिक क्षेप्यास्त्र बनाएको ट्रम्पको दाबी

मंसिर २४, २०७८
चीनले अमेरिकाबाट प्रविधि चोरेर हाइपरसोनिक क्षेप्यास्त्र बनाएको ट्रम्पको दाबी

चीनले अमेरिकाको प्रविधि रुसमार्फत चोरेर हाइपरसोनिक क्षेप्यास्त्र बनाएको अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले दाबी गरेका छन् । 

बुधवार ह्यु हिविटको रेडियो शोमा कुरा गर्दै ट्रम्पले भने, ‘थाहा छ, ओबामा प्रशासनको कसैले उनीहरूलाई हाइपरसोनिक सम्बन्धी हाम्रो प्रविधि दियो । रुसले यो प्रविधि पायो अनि चीनले शायद रुसबाट त्यो पायो । चिनियाँहरू आफैंले प्रविधि विकसित गरे जस्तो लाग्दैन । उनीहरूले शायद रुसबाट पाए । शायद अमेरिकाको कुनै खराब जासूसले दियो होला ।’

ट्रम्पले यस विषयमा थप विवरण दिएनन् ।

गत जुलाई महिनामा चीनले हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेपछि ह्वाइट हाउसले आफूहरू यस प्रविधिमा चीन र रुसको बराबरी गर्न लागिपरेको बताए । 

चीनले हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण गरेपछि अमेरिकाका वैज्ञानिकहरू छक्क परेका थिए । आणविक वारहेड बोक्ने क्षमता भएको उक्त क्षेप्यास्त्रले अमेरिकाको क्षेप्यास्त्र प्रतिरोधी प्रणालीलाई बेकामे तुल्याइदिन सक्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्