०७ असार २०८३, आइतबार
कांग्रेस महाधिवेशन

सभापति मैले जित्छु, दोस्रो चरणमा जार्नै पर्दैन जस्तो लाग्छ- डा. शेखर कोइराला

मंसिर २७, २०७८
सभापति मैले जित्छु, दोस्रो चरणमा जार्नै पर्दैन जस्तो लाग्छ- डा. शेखर कोइराला

नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार डा. शेखर कोइरालाले पहिलो चरणमै आफूले जित्ने दाबी गरेका छन् । महाधिवेशन प्रतिनिधिको उत्साहका कारण आफूले जित्ने आकलन गरेको कोइरालाले बताए । 

मतदानस्थल भृकुटीमण्डपमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले पहिलो चरणमै जित्ने दाबी गरेका हुन् । ‘प्रतिनिधिहरूले परिवर्तनको नारा दिनुभएको छ, भोटरको उत्साह देख्दा मेरो विजय सुनिश्चित छ,’ कोइरालाले भने, ‘म जिल्ला–जिल्ला गाउँ–गाउँ घुम्दा भेटेका कार्यकर्ता प्रतिनिधि भएर आउनु भएको छ । दोस्रो चरणमा जाँदैन भन्ने विश्वास छ,’ कोइरालाले भने ।

कोइरालाले आफू सभापति निर्वाचित भए कांग्रेसलाई गतिशील र ऊर्जावान बनाउने बताए । ‘म सभापति बनेपछि गतिशील, ऊर्जावान र विधिसम्मत् हिँड्ने कांग्रेस बनाउँछु । पार्टीलाई उत्तरदायी नेतृत्वलाई जवाफदेही बनाउँछु,’ लोकान्तरले राखेको एक प्रश्नमा कोइरालाले भने । 

भृकुटीमण्डपमा पत्रकारहरूसँग कुरा गर्दै सभापतिका अर्का प्रत्यासी विमलेन्द्र निधिले पनि आफूले जित्ने दाबी गरेका छन् । नयाँ नेतृत्व चयनका लागि मतदान चलिरहेको छ । साढे ३ बजेसम्म झण्डै १३ सय मत खसेको छ । कांग्रेस महाधिवेशनमा ४ हजार ७ सय मतदाता छन् । 

कमेन्ट गर्नुहोस्