
बागमती प्रदेशमा सवारी साधन नवीकरणमा नयाँ व्यवस्था लागु भएको छ ।
यातायात व्यवस्था प्रदेश कार्यालय बागमतीले ५ वर्षको सवारी साधनको वार्षिक कर एकै पटक तिर्न मिल्ने व्यवस्था गरेको हो ।
यसअघि हरेक वर्ष गर्नु पर्ने नवीकरण अब सेवाग्राहीले चाहेको खण्डमा एकै पटक ५ वर्षको शुल्क तिर्न सक्नेछन् ।
यातायात व्यवस्था कार्यालय हेटौडाका अनुसार ५ वर्षको नवीकरण एकै पटक गर्दा सेवाग्राहीलाई दोहोरो फाइदा दिन सक्ने छन् ।
सेवाग्राहीले ५ वर्षको शुल्क हाल कायम भएको करको दर अनुसार तिर्न पाउने व्यवस्था गरिएको छ ।
यसले ५ वर्ष भित्र कर बढेमा बढेको रकम तिर्नु पर्ने छैन भने एकै पटक नवीकरण गर्दा कुल लाग्ने सवारी करको १० प्रतिशत छुट समेत पाइने छ ।
एकै पटक ५ वर्षको वार्षिक कर तिर्दा ग्राहकले कम्तीमा एक वर्षको तेस्रो पक्ष बीमा गर्नु पर्ने हुन्छ ।
बागमती प्रदेश कार्यालयले यो सुविधा कार तथा मोटरसाइकल दुवैमा लागु हुने जनाएको छ ।