२८ जेठ २०८३, बिहीबार
कांग्रेस महाधिवेशन

महिला सह–महामन्त्रीमा १२३ मतले डिनाको अग्रता

महिला सह–महामन्त्रीमा १२३ मतले डिनाको अग्रता
फाइल तस्वीर ।

कांग्रेस सह–महामन्त्रीको जारी मत गणनामा महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’ले १२३ मतले अग्रता कायम गरेकी छन् ।  

अहिलेसम्म सार्वजनिक भएको एक हजार ५०४ मत गणना हुँदा डिनाले ८०६ मत ल्याएकी छन् । 

उनकी प्रतिद्वन्द्वी कमला पन्तले ६८३ मत ल्याएकी छन् ।

कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा महिला, दलित, आदिवासी जनजाति क्लस्टरअन्तर्गत कांग्रेस सहमहामन्त्री पदको मतगणना भइरहेको छ । 

कांग्रेसको विधान अनुसार महिलातर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्