×

NIC ASIA

सरसर्ती २४ घण्टा

कांग्रेस निर्वाचनको नतिजा आउने क्रम जारी, गगन–विश्वप्रकाशमाथि विश्वासको भारी

पुस २, २०७८

Prabhu Bank
NTC
Premier Steels

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि आइतबार भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । अहिलेसम्म सभापतिसहित दुई उपसभापति, २ महामन्त्री र ३ जना सहमहामन्त्रीको अन्तिम परिणाम आइसकेको छ भने शुक्रबार सहामन्त्रीकै गणना हुन बाँकी रहेका क्लस्टरहरुको मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।

Muktinath Bank

कांग्रेसको मतगणना जारी रहँदा महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माको विजय यात्रालाई लिएर पार्टीभित्र र बाहिर एकखालको खुसीयाली नै देखिएको छ । सभापतिमा शेरबहादुर देउवा विजयी हुँदा कांग्रेसका मतदाताले परिवर्तन नरोजेको भन्दै कतिपयले टिकाटिप्पणी समेत गरेका थिए । अहिले युवाको प्रतिनिधित्व गर्ने गगन–विश्वप्रकाश विजयी भएसगै उनीहरुमाथि विश्वासको भारी पनि उत्तिकै गह्रौं देखिएको छ।  उनीहरुले आम विश्वासलाई कसरी अघि बढाउँछन् त्यो हेर्न बाँकी नै छ । बिहीबार भएको मतगणनामा गगन र विश्वप्रकाश अन्य ४ प्रतिस्पर्धीलाई हराउँदै पराजित भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसको जारी मतगणनाको प्रमुखसमाचारसहित हामी ‘लोकान्तर राउण्ड अप’ लिएर आएका छौँ । लोकान्तर राउण्ड अपमा हामी बितेको २४ घण्टामा भएका घटनाक्रमलाई समेट्ने गर्छौँ ।
००००
कांग्रेसको सह–महामन्त्रीका लागि भएको निर्वाचनमा आदिवासी जनजातीतर्फ भीष्मराज आङ्देम्बे विजयी भएका छन् । त्यसैगरी, महिलातर्फको सह–महामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छिन् । त्यसैगरी, दलिततर्फको सह–महामन्त्रीमा जीवन परियार विजयी भएका छन् । यसैगरी उपसभापतिमा धनराज गुरुङ र पूर्णबहादुर खड्का विजयी भएका थिए ।
००००
कांग्रेसका नवनिर्वाचित महामन्त्री गगनकुमार थापाले पार्टीलाई विधिसंगत ढंगले सुदृढ बनाएर लैजाने बताएका छन् ।


Advertisment
Nabil box
Kumari

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीमा विजय भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै बिहीवार उनले आफूले महाधिवेशनमा पाएको मतलाई न्याय गर्ने र जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्ने बताए ।
नवनिर्वाचित अर्का महामन्त्री विश्वप्रकाश शर्माले परिवर्तनको यात्रामा २ युवालाई महामन्त्रीमा विजयी गराई रूपान्तरणको आकांक्षालाई महाधिवेशनको मतले प्रकट गरेको बताए ।
००००
रक्षामन्त्री डा मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको नयाँ केन्द्रीय समितिलाई बीपीले कल्पना गरेको जस्तो कांग्रेस बनेर अगाडि बढ्न सुझाव दिए ।
००००
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले यहाँस्थित अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम)का प्रमुख लोरेना ल्याण्डोसँग वैदेशिक रोजगारीमा जाने नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेका छन् ।
००००
कारोबार हुने साताको अन्तिम दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार पनि उच्च अंकले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम दिन ३७.८७ अंकले घटेर २ हजार ३७६.७४ मा पुगेको छ ।  
००००
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहसँग आफूले ५ बुँदे सहमति नगरेको स्पष्ट पारेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र र प्रचण्डबीच सहमति भएको आरोप लगाएको सन्दर्भमा बिहीवार प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले सहमति भएको प्रमाणित गर्न चुनौती दिएका छन् ।
००००
भारतका स्थलसेना प्रमुख मनोज मुकुन्द नरवणेले चीफ अफ स्टाफ कमिटीको अध्यक्षको पदभार सम्हालेका छन् । उक्त कमिटीमा तीनै सेनाका प्रमुख रहन्छन् ।
००००

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x